डुनेडिन: आयोजक न्यूजील्याण्डले आफ्नो उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै मंगलवार खेलिएको दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा पनि पाकिस्तानलाई ५ विकेटले पराजित गऱ्यो। यस जीतको साथै न्यूजील्याण्डले ५ वटा टी२० म्याचको सीरीजमा २-०-को बढ़त हासिल गऱ्यो। वर्षाले गर्दा आज अबेर शुरु भएको म्याच १५-१५ ओभरको दुई ईनिंग्समा खेलियो। यूनिभर्सिटी ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले १५ ओभरमा ९ विकेट गुमाएर १३५ रन बनायो। जवाफमा न्यूजील्याण्डले १३.१ओभरमै ५ विकेटमा १३७ रन बनाएर म्याच जित्यो। न्यूजील्याण्डलाई आज फेरि एकपल्ट टिम साइफर्ट र फिन एलनको ओपनिंग जोड़ीले तेज अनि ठोस शुरुवात दिलाए। यी दुईजनाले २८ बलमा ६६ रनको ओपनिंग पार्टनरशीप गरे। साइफर्टले ५ वटा छक्का र ३ वटा चौकाको साथ २२ बल खेलेर ४५ रन बनाए। यसरी एलनले ५ वटा छक्का र एउटा चौकाको साथ १६ बलमा ३८ रन बनाए। पाकिस्तानका बलरहरूले पछिबाट केही सफलता हासिल गरे पनि न्यूजील्याण्डलाई म्याच जित्न समस्या भएन। विकेटकीपर मिचेल हे २१ रनमा अविजित रहे। उनले १६ बल खेलेर एउटा छक्का र एउटा चौका लगाए। कप्तान माइकल ब्रेसवेल ५ रनमा अविजित रहे। पाकिस्तानका बलरहरूमा हारिस रऊफले २ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने पाकिस्तानको शुरुवात खराब रह्यो अनि चौथो ओभरको पहिलो बलमा स्कोर १९ रन पुग्दासम्म हसन नवाज र मोहम्मद हारिसको ओपनिंग जोड़ी आउट भइसकेको थियो। यसमा नवाजले फेरि खाता खोलेनन् जबकि हारिसले ११ रन बनाए। त्यसपछि कप्तान सलमान आगाले ४६ रन बनाएर सामान्य लड़ाइँ गरे पनि अन्य कसैले पनि उनलाई साथ दिन सकेनन्। सलमानले २८ बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक शाबाद खानले २६ र शाहीन शाह अफरीदीले २२ रनको योगदान दिए। न्यूजील्याण्डका बलरहरूमा जेकब डफी, बेन सीअर्स, जेम्स नीशम र ईश सोढ़ीले २-२ विकेट लिए।