कराची: पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-लाई अहिले एकपछि अर्को झट्का लागिरहेको छ। आफ्नै देशमा भएको आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानको टीम शुरुमै बाहिर हुँदा बोर्डले चरम आलोचनाको सामना गर्नु परिरहेको छ। पाकिस्तान टुर्नामेण्टबाट चाँड़ै बाहिर हुँदा अनि भारतले आफ्नो सबै म्याच दुबईमा खेल्दै पीसीबी-लाई लगभग ९०० करोड़ रुपियाँको घाटा भएको अनुमान लगाइएको छ। त्यसपछि पीसीबी-ले खेलाड़ीहरूमाथि अंकुशे लगाउन कठोरताको साथ म्याच फीस घटाउने फसेला लिएको थियो, जसको अहिले चारै तर्फ विरोध शुरु भएको छ। पीसीबी-ले घरेलु क्रिकेट खेल्ने खेलाड़ीहरूलाई म्याच फीसको रूपमा केवल १० हजार पाकिस्तानी रुपियाँ (भारतीय मुद्रामा ३१०० रुपियाँ) दिने घोषणा गरेको थियो। पीसीबी-को यस्तो फसेलाले विशेषगरी सीनियर खेलाड़ीहरू क्षुब्ध भएका छन्। उनीहरूले सीधा विरोध शुरु गरेका छन्।
यस क्रममा बाबर आजम र नसीम शाहपछि पाकिस्तान वनडे क्रिकेट टीमका कप्तान मोहम्मद रिजवानले पनि फैसलाबादमा चलिरहेको राष्ट्रिय टी२० च्याम्पियनशीपमा नखेल्ने फसेला गरेका छन्। रिजवानलाई आइतवार पेशावरमा एउटा क्लब क्रिकेट म्याच खेलिरहेको देखियो, जसको फोटोहरू सोशल मीडियामा वायरल भइरहेको छ। हालै मक्काबाट फर्किएका रिजवान ३ वटा वनडे म्याचको सीरीज खेल्न न्यूजील्याण्ड जान अघि आराम गर्न चाहन्छन्। रिजवान, बाबर र नसीमलाई न्यूजील्याण्डमा जारी ५ वटा टी२० म्याचको सीरीजको निम्ति पाकिस्तानको टीममा स्थान प्राप्त भएन। बाबर अहिले मक्कामा रहेका छन्। उल्लेखनीय छ, पीसीबी-ले घरेलु टुर्नामेण्टहरूका निम्ति खेलाड़ीहरूका म्याच फीस घटाएर ३१०० रुपियाँ गर्ने घोषणा गरेपछि खेलाड़ीहरूले विरोध गरेका छन्। त्यसपछि दबाउमा आएर पीसीबी-ले आफ्नो फसेलामा सुधार गर्दै खेलाड़ीहरूका म्याच फीस सामान्य बढ़ाएर ४० हजार पाकिस्तानी रुपियाँ गरेको छ। उल्लेखनीय छ, भारतमा २१-देखि ४० वटा प्रथम श्रेणीको म्याच खेल्ने खेलाड़ीहरूलाई प्रत्येक म्याचको निम्ति हरेक दिनको ५०,००० रुपियाँ गरेर प्राप्त हुन्छ। यसरी २० भन्दा कम्ती प्रथम श्रेणीको म्याच खेल्ने खेलाड़ीहरूलाई प्रत्येक म्याचको ४०,००० रुपियाँ गरेर प्राप्त हुन्छ। यसको साथमा टीमका प्रत्येक सदस्यलाई उनीहरूका अनुभवको आधारमा प्रतिदिन २०,०००-देखि ३०,००० रुपियाँको भुक्तान गरिन्छ।