सबालेंकालाई पराजित गरी खिताब जितिन् मीरा एण्ड्रीवाले

IMG-20250318-WA0147

क्यालिफोर्निया: रुसकी युवा खेलाड़ी मीरा एण्ड्रीवाले आफ्नो असाधारण फर्मलाई कायम राख्दै इण्डियन वेल्स (बीएनपी पारिबास) ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको खिताब जितिन्। महिला एकलको रोमाञ्चक फाइनलमा एण्ड्रीवाले बेलारुसकी आर्यना सबालेंकालाई पराजित गरिन्। रुसकी १७ वर्षीय खेलाड़ीले पहिलो सेट गुमाएपछि विश्वकी नम्बर एक तथा तीनपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन सबालेंकालाई २-६, ६-४, ६-३-ले पराजित गरिन्। यो एण्ड्रीवाको लगातार दोस्रो डब्ल्यूटीए १००० स्तरको खिताब हो। यसको साथै उनी १९९८-मा मार्टिना हिंगिस र सेरेना विलियम्सपछि टुर्नामेण्टको इतिहासमा तेस्रो सबैभन्दा कम्ती उमेरकी खेलाड़ी बनिन्। खिताब जितेपछि ट्रफी हातमा लिएर एण्ड्रीवाले भनिन्, म अन्तसम्म लड़ाइँ गर्ने, आफूमाथि विश्वास राख्ने अनि कहिले हार नमान्ने मानसिकताको निम्ति आफूलाई धन्यवाद दिन चाहन्छु। मैले आज खरायो जस्तो खेलमा कायम रहने प्रयास गरे तर यस्तो गर्नु मुश्किल थियो। यसैकारण मैले आफ्नो सर्वश्रेष्ठ प्रयास गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement