शुभेन्दु अधिकारी र तृणमूल विधायक हुमायुन कबीरकाविरुद्ध पुलिसमा उजुरी दर्ता

IMG-20250317-WA0165

सिलीगुड़ी: सिपिआइएम सिलगढी नम्बर दुई क्षेत्र समितिको तर्फबाट, बीजेपी विपक्षी नेता शुभेन्दु अधिकारी र तृणमूल विधायक हुमायुन कबीर विरुद्ध सिलगढी पानी टंकी चौकी पुलिस अगाडि विरोध प्रदर्शन गरेकोमा उजुरी दर्ता गरिएको छ।   
सिपिआइएम सिलगढी नम्बर दुई क्षेत्र समितिले पश्चिम बंगालमा एक वर्षपछि हुन लागेको विधानसभा चुनावअघि जात, धर्म र सम्प्रदायको नाममा बंगालमा राजनीतिलाई तातो बनाउने प्रयास भइरहेको आरोप लगाएको छ। शुभेन्दु अधिकारी र हुमायुन कबीरबीचको शब्दयुद्ध चरम सीमामा छ, जसले राज्यको वातावरण बिगारिरहेको छ, हालै शुभेन्दु अधिकारीले भनेका थिए, “यदि तिनीहरूको (तृणमूल)) मुस्लिम विधायक विजयी भए र भाजपा सरकारमा सामेल भए, म तिनीहरूलाई उठाएर सडकमा फालिदिनेछु। यसपछि हुमायुन कबीरले भनेका थिए, ‘उनले मलाई उठाउन सक्छन भने म पनि धकेल्न सक्छु।’ र यसरी सुरु भयो राजनीतिक उथलपुथल। त्यसैले आज सीपीआईएमका सदस्यहरूले शुभेन्दु अधिकारी र हुमायुन कबीरविरुद्ध राज्यका विभिन्न थानामा लिखित उजुरी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement