गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षतमा आज जिल्ला प्रशासनिक केन्द्रमा बसेको एक बैठकले जिल्ला समृद्ध योजनालाई अन्तिम रूप दिने छलफल गऱ्यो। सिक्किम इन्स्पायर्सवे डाकेको उक्त बैठकमा योजनाहरुलाई अन्तिम रूप दिनको साथै अन्य विभिन्न विषयमा छलफल गरियो। यस अवसरमा पर्यटन, उद्योगहरू र हरित रोजगारीहरूसहित अन्य प्रमुख वि षयमाथि चर्चा गरियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल निखारेले उक्त योजनाहरूको कार्यन्वयन सुनिश्चित गर्न दीर्घकालीन दृष्टिकोणको आवश्यकतामाथि जोड दिए। उनले बैठकमा उपस्थित प्रतिनिधिहरूलाई योजनाबारे रचनात्मक प्रतिक्रिया दिने आह्वान गरे। जिल्लापालले योजनाहरुमा प्रशिक्षणको महत्त्वमाथि प्रकाश पारे। सोही क्रममा वाणिज्य एवं उद्योग विभागका सहसचिव तोप्देन जाङपो भोटियाले जानकारी गराएअनुसार विभागले राष्ट्रियस्तरको प्रदर्शनीहरूमा सुविधा पुऱ्याउऩ लगातार सहयोग प्रदान गरिरहेको र स्वयं सहायता समूहहरू लाभान्वित भइरहेको उल्लेख गरे। उऩले उत्पाद ब्रान्डिङ र बजार प्रबन्धऩ चुनौती रहेको बताउँदै एकीकृत ब्रान्डिङ रणनीतिले लाभ पुऱ्याउने बताए। बजार व्यवस्थापन, थोक ब्रिकेता मोडल, क्षमता विकास र व्यापारमा मूल्य निर्धारण रणनीतिहरू र व्यापार सञ्चालनमा स्वयं सहायता समूहालाई प्रशिक्षण दिनुपर्ने विषयमाथि बताए। बैठकमा गान्तोक जिल्लाका प्रमुख क्षेत्रहरूका लागि विभिन्न योजना र प्रस्तावहरूमाथि छलफल गरियो। कार्यक्रममा प्रमुख सरोकारवाला र प्रतिनिधिहरूले सक्रिय रूपमा भाग लिँदै आफ्नो विचारहरु साझा गरेका थिए। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल निखारेले गान्तोकमा हुने गान्तोक गट ट्यालेन्ट बारे पनि बताए। यस कार्यक्रमले राज्यमा रहेका प्रतिभाहरूलाई मञ्च प्रदान गर्नु रहेको उनले बताए।