विधायक खरेल ऊर्जा मन्त्रालयको बैठकमा सामेल

IMG-20250317-WA0266(1)

गान्तोक: नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक एवं सिक्किम सरकारको विद्युत एवं ऊर्जा विभागका सल्लाहकार सञ्जीत खरेलले आज भारत सरकारको ऊर्जा मन्त्रालयद्वारा आयोजित एक महत्वपूर्ण बैठकमा सभागिता जनाए। उक्त अवसरमा विधायक खरेलले संयुक्त सचिव शंसाक मिश्रा र उपसचिव अर्बिन्द कुमारसँग श्रम भवनमा भेट गरे। भेटको क्रममा खरेलले संयुक्त सचिव र उपसचिवसँग उर्जा मन्त्रालय अन्तर्गत विभिन्न प्रकारको योजनाबारेमा छलफल गरे। सिक्किम सरकारको तर्फबाट खरेलसित वरिष्ठ अधिकारीहरू र सचिव टीटी लेप्चाको पनि सहभागिता थियो। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देश बमोजिम बैठकमा सहभागी बन्न गएका टोलीले ऊर्जा सम्वन्धि विषयमाथि छलफल गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement