स्विस् ओपनमा चुनौती पेश गर्न तयार सिन्धू र लक्ष्य

IMG-20250317-WA0261

बासेल: भारतका स्टार शट्लर पीभी सिन्धूर लक्ष्य सेनले यहाँ मंगलवारदेखि शुरु हुने २५०००० डलर पुरस्कार राशि भएको स्विस् ओपन टुर्नामेण्टमा गुमाएको फर्म हासिल गर्ने कोशिश गर्नेछन्। दुईपल्टका ओलम्पिक पदक विजेता सिन्धूको पहिलो राउण्डमा आफ्नै देशकी दोस्रो नम्बरकी खेलाड़ी मालविका बन्सोड़सँग भिड़न्त हुनेछ जबकि लक्ष्यले पनि सामना भारतकै एचएस प्रणयको सामना गर्नेछन्, जसले यहाँ २०१६-मा खिताब जितिसकेका छन्। तीन साल अघि यहाँ खिताब जितिसकेकी सातौं वरीयता प्राप्त सिन्धू गत हप्ता अल ईंग्ल्याण्ड च्याम्पियनशीपमा पहिलो राउण्डमै हारेकी थिइन्। लक्ष्य अल ईंग्ल्याण्ड च्याम्पियनशीपको कार्टर फाइनलमा पुगेका थिए। यसरी प्रणय पहिलो राउण्डमै बाहिर भएका थिए। स्विस् ओपनमा भारतीय खेलाड़ीहरूका रेकर्ड असल रहेको छ। यस टुनीमेण्टमा सिन्धू, किदाम्बी श्रीकान्त, प्रणय, समीर वर्मा, साइना नेहवाल तथा पुरुष युगलमा सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीले खिताब जितिसकेका छन्। महिला एकलमा आकर्षि कश्यप र अनुपमा उपाध्यायले पनि खेल्नेछिन्। पुरुष एकलमा किरण जर्जको सामना डेनमार्कका रास्मस गेमकेसँग हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement