काेलकत्ता: काेलकत्ता नाइट राइडर्स (केकेआर)-ले चोटग्रस्त बलर उमरान मलिकको स्थानमा देब्रे हातका पेस बलर चेतन सकारियालाई इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-को निम्ति टीममा सामेल गऱ्यो। चोटले गर्दा उमरान मलिक आईपीएल २०२५ बाट बाहिर भएका छन्। चेतन सकारिया गत वर्ष पनि केकेआर टीममा रहेका थिए तर उनलाई एउटा म्याच खेल्ने मौका पनि प्राप्त भएको थिएन। यसपाली आईपीएलको लिलामीमा उनलाई कुनै पनि टीमले खरीद गरेको थिएन। यसपाली उमरान चोटग्रस्त हुँदा उनलाई फेरि केकेआर-को टीममा सामेल गरिएको छ। मलिक गत केही समयदेखि चोटसँग जुझिरहेका छन्। चोटले गर्दा नै उनले २०२४-२५-को पूरा घरेलु सीजन खेल्न सकेनन्। यसबीच सकारियालाई केकेआर-ले उनको ७५ लाख रुपियाँको बेस प्राइसमा टीममा सामेल गरेको छ। सकारियाले आईपीएलको ३ वटा सीजनमा जम्मा १९ वटा म्याच खेलेका छन्। उनले ८.४३-को इकोनमीले २० विकेट लिएका छन्। उनले २०२१-को सीजनमा राजस्थान रोयल्सको साथ आईपीएल पदार्पण गरेका थिए।