सिलगढी: सिलगढीका उपमेयर रञ्जन सरकारले हिजो दिउँसो आफूमाथि आक्रमण भएको आरोप लगाएका छन्।
उपमेयरले हाेलीकाे दिन ४ः३० बजे एक युवकले आफ्नो कार र आफूमाथि आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएका छन्। आफूसँगै अरु धेरै मानिस रहेको उनको गुनासो छ।
उनले हिजो यस विषयमा सिलगढी पुलिस चौकीमा उजुरी दिएका थिए।
हिजो पुलिसले दिव्यन्दु दास तुमालपारा र विजय शर्मा
२ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको थिए। दुवै वार्ड नम्बर ४ का बासिन्दा हुन्।
यसपछि सिलगढी पुलिसले थप दुई जनालाई पक्राउ गरेको बताइएको छ। पक्राउ पर्नेहरुमा शुभंकर चौधरी र विशाल नन्दी रहेका छन्। सबै वार्ड नम्बर ४ का बासिन्दा हुन्।
सिलगढीका डेपुटी मेयरमाथि भएको आक्रमणलाई लिएर सिलगढी सहरमा हंगामा मच्चिएको छ।
तृणमूल कांग्रेस नेतृत्व डिप्टी मेयरमा भएको आक्रमणलाई लिएर क्रोधित छ र धेरैले टिप्पणी गरेका छन् कि सिलगढीमा यस्ता घटनाहरू अस्वीकार्य छन्। सिलगढीका मेयर गौतम देब यस मामिलामा आक्रोशित छन्।
नगरवासीले दोषीलाई कडा कारबाही गर्न पनि माग गरेका छन्।
सिलगढी पुलिसले पक्राउ परेका दिव्यन्दु दास, विजय शर्मा, शुभंकर चौधरी र विशाल नन्दीलाई आज सिलगढी अदालतमा पेश गरेको छ।