प्रधानमन्त्री मोदीले गरे कर्तव्य पथमा नेताजी सुभाष चन्द्र बोसको प्रतिमा अनावरण

00-Netaji-Subash-Chandra-Bose

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले इण्डिया गेट अगाडि सेन्ट्रल भिस्टा एभिन्यू उद्घाटन गरेका छन्l यससँगै राजपथ अब इतिहास बनेको छ। अब यसलाई कर्तव्य पथ भनेर चिनिने छ। यसअघि कर्तव्य पथमा पुगेर प्रधानमन्त्री मोदीले इण्डिया गेट अगाडि नेताजी सुभाष चन्द्र बोसको प्रतिमा अनावरण गरे। १९ महिनाको निरन्तर कामपछि सेन्ट्रल भिस्टा एभिन्यू निर्माण सम्पन्न भएको छ। सेप्टेम्बर ९ देखि यहाँ मानिसहरु घुम्न सक्नेछन्। प्रधानमन्त्रीले २०२३ को गणतन्त्र दिवसको परेडका लागि कर्तव्य पथमा लागेका सबै श्रमिकलाई आमन्त्रण गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement