कुमुदिनी स्कुल ब्याण्ड अनि स्कुललाई सम्वर्द्धना जनाइयो

IMG-20220908-WA0173.jpg

कालेबुङ: स्विजर्ल्याण्ड को धरतीमा यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, लाहुरेको रेलि माइ भन्ने कालजयी धुनले स्विजर्ल्याण्ड मात्रै नभएर विश्व नै थर्कमान बनाउने कालेबुङ कुमुदिनी होम्सका ब्याण्डलाई गोर्खा च्यारिटेबल हस्पिटल अनि हिमालयन वेल्फेयर अर्गनाइजेसनको टोली कालेबुङ पुगी खदामाला तथा सम्मान पत्र प्रदान गरी सम्वर्द्धना जनाएको जानकारी सुरेन प्रधानले दिएका छन्। शहिद मेजर दुर्गा मल्लको सालिगमा माल्यार्पण गरि सोझै कुमुदिनी होम्स स्कुलका प्रधान अध्यापक भुपेन कार्थकसित भेट गरे।

स्कुलका प्रधान अध्यापक भुपेन कार्थकको अगुवाइमा स्कुलको हलमा सबै शिक्षक शिक्षिकागण अनि बिध्यार्थीहरुलाई भेला गरि गोर्खा च्यारिटेबल हस्पिटल अनि हिमालयन वेल्फेयर अर्गनाइजेसनको टिमबाट सम्पुर्ण टोलीलाई स्कुलका प्रधान अध्यापक भुपेन कार्थकले खदार्पण गरि न्यानो स्वागत जनाए। सुरेन प्रधानले आफ्नो छोटो सम्बोधनमा स्कुलका ब्याण्ड को प्रदर्शनको प्रसंशा गर्दै ब्याण्डका नानीहरूको उत्तरोत्तर प्रगतिको कामना गरे।स्कुल ब्याण्डका नानीहरु लगायत सम्पुर्ण शिक्षक शिक्षिकालाई खदार्पण गरे।सम्वर्द्धना पत्र पठन अधिर राइले गरेपछि सुरेन प्रधानको बाहुली बाट उक्त सम्वर्द्धना पत्र स्कुलका प्रधान अध्यापक भुपेन कार्थकलाई प्रदान गरियो। सुरेन प्रधानले आफ्नो सम्बोधनमा स्कुलको उक्त ब्याण्ड को प्रदर्शन यो पाली हुने सुकुना गोल्ड कप खेलामा कुनै एक दिन आएर त्यहाँ पनि प्रदर्शन गरि दिने आग्रह गरेका छन्।

आजको यस कार्यक्रममा सुरेन प्रधान लगायत हिमालयन वेल्फेयर अर्गनाइजेसनका सह सचिव अधिर राई, कोषाध्यक्ष मन्जना गुरुङ, शर्मिला गुरुङ, अन्जु गुरुङ, कबिता छेत्री, सागर तामाङ, कालेबुङ बाट गोर्खा च्यारिटेबल हस्पिटलका चिफ कोर्डिनेटर भरत थापा, पि. के. प्रधान, रबिन तामाङ, रोज मेरि थापा, निलु शर्मा, अनिता भुषाल, अल्का तामाङ र सीता लहरको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement