सिलगुढी: सोमबार सिलगुढी नगर निगमको सभागारमा भूमिगत केबल बिछ्याउने बारे विशेष बैठक सम्पन्न भयाे। बैठकमा धेरै विषयमा छलफल पनि भयाे।
आजको बैठकमा सिलगढीका मेयर गौतम देब, उपमेयर रञ्जन सरकार, नगर निगमका विभिन्न वार्डका काउन्सिलरहरू, एमएमआईसी, अध्यक्ष, डब्लूबीएसईडीसीएलका अधिकारीहरू र उच्च-स्तरीय पुलिस अधिकारीहरू उपस्थित थिए।
बैठकपछि मेयर गौतम देवले पत्रकारहरुसँग कुरा गर्दै भूमिगत केबल बिछ्याउने काममा बारम्बार समस्या आउने गरेको, ती सबै समस्यामाथि आज छलफल भएको र ती समस्यालाई चाँडो कसरी समाधान गर्ने भन्ने निर्णय पनि भएको बताए। विभिन्न चरणमा यो काम सम्पन्न गरिने पनि उनले बताए।