दार्जिलिङको लेबोङमा भूतपूर्व सैनिकहरुद्वारा महारैली

IMG-20250317-WA0209

घट्दो संख्यालाई लिएर गोर्खा भूतपुर्व सैनिक कल्याण सङ्गठन चिन्तित

दार्जीलिङ: गोर्खा सेनामा घट्दो संख्यालाई लिएर चिन्तित गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठनले चिन्ता प्रकट गरेको छ भने सेना भर्तीको लागि प्रोत्साहन प्रदान गर्न युवाहरुलाई प्रशिक्षण गराउन जोड दिने अभिभावकहरु समक्ष अपील गरेका छन्।

गोर्खा रेजिमेण्टमा कुमाऊँ र गढवाली युवाहरुका वृद्धि दर संख्यामाथि पनि सङ्गठन चिन्तित बनेको जानकारी छ।‌ यसबीच भूतपूर्व सैनिकहरुलाई लिएर आज १२ महा रेजीमेण्ट मैदान लेबोङमा मेघा रेली गरियो।

१२३ बिग्रेड अनि कर्णेल भेटरेन्सको सहयोगमा गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठनको तत्तावधानमा सम्पन्न उक्त एक दिवसीय रेली अवधि स्वास्थ्य जाँच, उपचार सुविधा, पेन्सन समस्यालगायत अन्य सरसुविधा उपल्बध गराउनुसँगै वार भेटरेन्सका परिवारहरुलाई सपोर्ट हिरोको पक्षमा गौरव शुक्लाद्वारा सम्बर्द्धना जनाइएको एसपी प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement