श्रमिक मारा सम्झौतालाई झट्ट रद्द गरिनुपर्छ:ट्रेड युनियन
दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियनको केन्द्रिय समितिका अध्यक्ष जेबी तामाङको नेतृत्वमा एक टोलीले आज आठ बुँदे मागलाई लिएर सचिव आइटिए र सचिव डिटिए-लाई भेट गर्यो। भेटघाटको समय टोलीले श्रमिक मारा सम्झौतालाई झट्ट रद्द गरिनुपर्छ भन्दै आठ बुँदे माग दार्जिलिङ चिया सङ्घ (डीटीए), समक्ष राखेका छन्। यदि चिया संघले मागहरूमाथि यथाशीघ्र सकारात्मक कदम नउठाए बगानमा अझ तीव्र गतिमा समस्या खडा हुने प्रबल सम्भावना देखिँदैछ भन्ने कुरामा सचेत गराउँदै यसको रोकथामको निम्ति यथाशीघ्र सकारात्मक कदम उठाउने अनुरोध गरेका छन्। यदि सकारात्मक कदम नउठाए साथै बगानमा समस्या खडा भए त्यसको पूर्ण जिम्मेवारी बगान प्रबन्धन अनि चिया एशोसिएसनले लिनु पर्ने भनी चेताउनी दिएका छन्। ज्ञापन पत्रमा उल्लेख गरिएको आठ बुँदे मागहरूमा श्रमिकहरुका अनुपस्थितिको रोकथाम गर्न समयमा ज्यालाको भुक्तानी गर्नुपर्छ, कुनै पनि चिया कमानमा समयोचित श्रमिकवर्गले आफुले गरेको दैनिक कामको ज्याला पाउँदैन फलस्वरूप श्रमिकवर्ग विस्तारै बगानको कामबाट बाहिरिँदैछ अथवा हटिँदैछ यसको कारण बगानमा श्रमिक वर्गको कम उपस्थिति भएको हो भनी बताइएको छ। त्यसरी नै
मालिकवर्गले समयमा श्रमिकको पीएफको पैसा जमा गर्नुपर्छ। प्रायःजसो चिया कम्पनीले श्रमिकवर्गको भविष्य निधि( पीएफ) सम्बन्धित कार्यालयमा समयोचित अथवा ठिक समयमा बुझाउँदैनन् जसको कारण श्रमिकवर्गले अवकाश प्राप्तपछि पाउनुपर्ने भविष्य निधिको राशि पाउन सक्दैन। अवकाश राशि(ग्राजुएटी) समयमा पाउनुपर्छ। श्रमिकवर्गले आफ्नो सम्पूर्ण जीवन बल बैसा सबै थोक चिया बगानको काममा खर्चिएर अन्तमा उमेर पुगेपछि अवकाश प्राप्त गर्छन्। त्यस श्रमिकवर्गले एकमुष्ट धन पाउन पर्ने धनराशि पनि समयमा पाउँदैनन् अथवा प्रबन्धनबाट दिइँदैन फलस्वरूप अधिकांश श्रमिकवर्गले आफ्नो ग्राजुएटी नपाई मरेर जान्छन्। श्रमिकले पाउने बुनियादी सहुलियत दिनु पर्छ। चिया बगानमा काम गर्ने कर्मचारी एवं श्रमिकवर्गले पाउनुपर्ने बुनियादी सहुलियत श्रम कानुन (Labour Act) अनि औद्योगिक अधिनियम
(Industrial Act) मुताबिक बगान प्रबन्धनबाट प्रबन्ध गरिनु पर्ने तर यस बुनियादी सहुलियतबाट श्रमिकवर्ग वञ्चित छन्। बुनियादी सहुलियत सबै बगानमा एकै नाशको हुनुपर्छ। यस बुनियादी सहुलियत जस्तै छाता, वर्षाती, सिकल, कलम काट्ने छुरी, दाउराको पैसा, टोक्री, नाम्लो, गम्बुट आदि प्रत्येक बगानमा एउटै दर अथवा समानतापूर्वक प्रबन्ध गरिनुपर्छ। यी सहुलियतहरू आफ्नो आफ्नो बगान अनुसार नगरेर एकै प्रकारले प्रबन्ध गरिनुपर्छ आदि मांगहरु रहेका छन्। तेस्तै प्रकारले श्रमिक मारा सम्झौतालाई झट्ट रद्द गरिनुपर्छ। उपर्युक्त लिखित नम्बर ५ अनुसारको बुनियादी सहुलियतको प्रबन्ध गर्दा डीटीए अनि यहाँका केही युनियनको सम्झौता वर्ष २०११ को ३१ मार्च २०११ अनुसार वर्षमा श्रमिक वर्गले १८० दिन काम गरेपछि मात्र उक्त सहुलियत पाउने श्रमिक मारा सम्झौताको हामी घोर विरोध गर्दछौं। यस प्रकारको श्रमिक मारा सम्झौतालाई झट्ट रद्द गरिनुपर्छ अनि यी सहुलियतहरू लेबर एक्ट अनुसार प्रबन्ध गरिनुपर्छ।निम्नतम मजदूरी झट्ट लागू गरिनुपर्छ। जबसम्म निम्नतम रोज लागू हुँदैन अथवा गर्दैन तबसम्म अस्थायी रूपमा आन्तरिक रोज वृद्धि गरिनुपर्छ। यसको निम्ति चिया एशोसिएसनको भूमिका महत्त्वपूर्ण रहनेछ। बोनसको विषयमा विगत वर्ष २०२३-२४ को रहल चार प्रतिशत बोनस विषयमा विगत तारिक ६ नोभेम्बर २०२४ अनि १६ नोभेम्बर २०२४ दुईपल्ट त्रिपक्षीय सभा बसेपछि डीटीए को सचिवले १५ दिनको समय मागेका थिए। तर चार महिनासम्म पनि यस विषयमा मिटिङ हुन सकेन। फलस्वरूप अहिले चिया बगानमा पत्ति टिपाई विषयमा प्रत्येक बगानमा झमेला भइरहेको छ। यसको निम्ति चिया संघले यथाशीघ्र सकारात्मक कदम नउठाए बगानमा अझ तीव्र गतिमा समस्या खडा हुने प्रबल सम्भावना देखिँदैछ आदि जस्ता मांगहरुसहित ज्ञापन बुझाइएको जानकारी प्राप्त भएको छ।