खरसाङको शेर्पा बस्ती पस्ने बाटोकाे सभासद श्याम शेर्पा अनि विभागद्वारा निरीक्षण‌

IMG-20250317-WA0202

खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिकाे सभासद श्याम शेर्पा अनि सिँचाई विभाग खरसाङकाे एई जितु एसएई सुनिता लामा अनि टोलीद्वारा शेर्पा बस्ती पस्ने गोलाई छेउ डाउहिल रोडकाे पैह्रोमा भईरहेकाे कार्यकाे निरीक्षण गरेका छन्। खरसाङ अन्तर्गत शेर्पा बस्ती पस्ने गोलाई क्षेत्रमा विगत २०१८-१९ मा ठूलो पैह्रो गएको थियोे जुन पैह्रोले डाउहिल रोडलाई पनि क्षति पुग्ने सम्भावना थियो। यदि उक्त बाटो क्षति भएको भए खरसाङ बजार र शेर्पा बस्ती रोडदेखि माथि पर्ने डाउहिल, भेक्टोरिया, चिम्नी देवराली सम्पूर्ण पञ्चायती क्षेत्र नै सम्बन्ध विच्छेद हुने सम्भावना थियो। यस पैह्रोले क्षेत्रवासीलाई पनि धेरै खतरा भएको थियोे। यसको साथै २०२३ को बर्खा याममा पानीले शेर्पा बस्ती पस्ने कल्बट पनि क्षतिग्रस्त भएकोले गाउँवासीलाई धेरै असुविधा भएको थियो। क्षेत्रीय सभासद श्याम शेर्पा सम्पूर्ण ग्रामवासीकाे पहल अनि जीटीए चिफकाे सहयोगमा खरसाङ सिँचाई विभागबाट पैह्रोकाे कार्य ९०% प्रतिशत सकेकोमा सम्पूर्ण गाउँवासीले हर्ष प्रकट गर्दै जीटीए चिफ् अनित थापा साथै क्षेत्रीय सभासद श्याम शेर्पालाई धन्यवाद ज्ञापन गरेको छ। यसको साथै शेर्पा बस्ती पस्ने कल्बट खरसाङ ईन्जिनियरिङ विभागबाट भईरहेको सभासद श्याम शेर्पाले बताएका‌ छन्। उनले जानकारी गराए अनुसार शेर्पा बस्ती पस्ने गोलाई छेउमा विगत २०१८-१९ मा ठूलो पैह्रो गएको थियो र छेउछाउकाे घरहरु र ग्रामवासीहरुलाई धेरै खतरा भएको थियो भने पैह्रो बढेको भए डाउहिल नै रोड क्षति हुने सम्भावना थियो। यसको साथै २०२३ मा शेर्पा बस्ती पस्ने कल्बट नै क्षति भएकोले गाउँवासी धेरै असुविधा भईरहेको थियो। उनले हामीले पहल गरिरहेको थियौं र जीटीए चिफ् अनित थापाको सहयोगमा कार्य सम्पन्न हुँदैछ भने ९०% जति काम सकिसकेकाे छ र अब रहेको कार्य पनि चाढै सक्ने सम्भावना रहेको बताएका छन्।

उनले आज हामी सम्बन्धित विभागलाई लिएर निरीक्षण गर्नु गएका थियौँ र गाउँवासीहरुसित पनि भेटघाटमा उनीहरुले पनि हाम्रो जीटीए चिफप्रति आभार प्रकट गरिएको छ। उनले भने, हामीलाई जानकारी छ हाम्रो समष्टिभित्र साथै खरसाङमा कतिपय क्षेत्रमा समस्याहरु छन्। यसको लागि हामी पहल गरिरहेको छौँ। हामी जनतालाई धैर्य राखिदिने कारण ढिलो छिटो कार्य अवश्य नै हुनेछ साथै पहाडकाे जति पनि समस्या छन् हाम्रो जीटीए चिफ् अनित थापाद्वारा मात्रै समाधान हुनेछ भनी हामी विश्वस्त छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement