खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी २२ मार्चदेखि शुरु भईरहेको स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको खेल तालिका सार्वजनिक गरिएको छ। उक्त टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टलाई लिएर सोमबार खरसाङ महकुमा खेलकूद संघको सभा सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। यसै सभामा टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको खेल तालिका पनि सार्वजनिक गरिएको छ। उक्त खेल तालिका खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन, सचिव निर्मल गुरुङ, कोषाध्यक्ष बसन्तसिंह, टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको संयोजक मोहन राई अनि कार्यकारी सदस्य मोहन मोक्तान आदिको बाहुलीबाट सार्वजनिक गरिएको छ।खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा भईरहेको यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको पहिलो दिनको उदघाटन खेल आकाशवाणी खरसाङ र त्रिशुली संघमाझ अनि अर्को खेल खरसाङ खण्ड विकास कार्यालय र खरसाङ महकुमा शासक कार्यालयमाझ सम्पन्न हुने भएको छ। यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टमा जम्मा २० वटा टिमहरुले सहभागिता जनाएका छन् भने यसको फाइनल खेल आगामी ३ अप्रेलमा सम्पन्न हुने भएको छ। यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीससहित नगदराशि २१ हजार र उप विजेतालाई ट्रफीससहित नगदराशि ११ हजार प्रदान गरिने भएको जानकारी खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले जानकारी गराएका छन्। उनले जानकारी गराए अनुसार खरसाङ महकुमा खेलकूद संघको वर्ष २०२५-२६ को खेल तालिका अनुसार स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आगामी २२ मार्चदेखि शुरु भईरहेको छ र यसमा जम्मा २० वटा टिमहरुले सहभागिता जनाएका छन्। उनले बताए अनुसार यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको फाइनल खेल आगामी ३ अप्रेलमा सम्पन्न हुने भएको छ भने यस क्रिकेट टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीससहित नगदराशि २१ हजार र उप विजेतालाई ट्रफीससहित ११ हजार रुपियाँ प्रदान गरिने भएको छ। यसको साथै हरेक म्याचमा म्यान अफ् द म्याच प्रदान गरिने भएको जानकारी पनि खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले दिएका छन्।