नयाँ दिल्ली: दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसलाई इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५ अघि दिल्ली क्यापिटल्स (डीसी) टीमका उपकप्तान नियुक्त गरियो। फाफले आफ्नो देश र विश्वभरिका फ्रेञ्चाइजीको निम्ति अहिलेसम्म ४०४ वटा टी२० म्याच खेलिसकेका छन् अनि ४० सालको उमेरमा पनि विश्वभरिका लीगहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले टी२०-मा ३८३ वटा ईनिंग्समा ६ वटा शतक र ७८ वटा अर्द्धशतकको साथ ३२.६६-को औसतले ११,२३६ रन बनाएका छन्। फाफसँग आईपीएलको व्यापक अनुभव रहेको छ। उनले आईपीएलमा १४५ वटा म्याच खेलेर ३५.९९-को औसत र १३६ भन्दा अधिकको स्ट्राईक रेटले ४५७१ रन बनाएका छन्। उनी चेन्नई सुपर किंग्सको साथ २ पल्ट आईपीएल च्याम्पियन पनि रहिसकेका छन्। उनलाई गत वर्ष भएको मेगा लिलामीमा दिल्ली क्यापिटल्सले २ करोड़ रुपियाँमा खरीद गरेको थियो। दिल्ली क्यापिटल्सले हालै अलराउण्डर अक्षर पटेललाई टीमको कप्तान नियुक्त गरेको थियो। दिल्ली क्यापिटल्सको आईपीएल २०२५-मा पहिलो म्याच २४ मार्चमा लखनऊ सुपर जाइण्ट्सविरुद्ध रहेको छ।