खरसाङ: खरसाङ महकुमा अन्तर्गत लंगभ्यु थली पाखामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन लंगभ्यु युनिटद्वारा एक जरूरी सभा आयोजन गरियो। सभामा वर्तमानमा लंगभ्यु चियाबारीको समस्याहरू विषयमा चर्चा परिचर्चा गरियो। भीमराज थिङले सञ्चालन गरेको सभालाई सम्बोधन गर्दै सन्त मेरी तीन ग्राम पञ्चायत प्रधान साथै ट्रेड यूनियन खरसाङ महुकमा समिति संयोजक मणिराज डुम्जनले लंगभ्यु चियाबारीको समस्याको समाधान गर्न हेतु आफू चियाबारी मालिक पक्ष साथै प्रबन्धकसँग लगातार रूपमा सम्पर्क गरिरहेको जनाए। विगतमा चियाबारीमा केवल एक-दुईवटा श्रमिक संगठनहरूले राम्रो कार्य गरिरहेको थियो तर वर्तमानमा आएर धेरै श्रमिक संगठनहरू गठन भएपश्चात चियाबारीमा कार्य सुचारुसँग हुन नसकेको उनले अभियोग लगाए। उनले विगतमा पनि श्रमिकहरूको रिले अनशनले श्रमिक साथै चियाबारीलाई धैरै क्षति भएको पनि जनाए। उनले भागोप्रमो ट्रेड युनियनले आफ्नो मागहरू प्रबन्धक पक्षलाई बुझाइसकेको र आगामी १९ मार्च २०२५ मा मालिक पक्षले चियाबारीको समस्या विषय लिए वार्ता डाकेको पनि जनाए। सन्त मेरी तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले थली पाखामा पञ्चायतमार्फत स्ट्रीट लाइट साथै आफ्नो व्यक्तिगत पक्षबाट थली पाखामा निर्माण हुन गइरहेको गुम्बाको निम्ति ५० ब्याग सिमेन्ट दिने वचन दिए।
सभामा ट्रेड यूनियन लंगभ्यु युनिट सभापति नितु थापा, सचिव प्रणु बिश्व, सह सचिव सरस्वती गोले साथै ग्रामवासीको उपस्थिति रहेको थियो।