नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को सेण्टर अव् एक्सीलेन्स (सीओई, पहिला एनसीए-नेशनल क्रिकेट एकाडमी)-का स्टाफहरूमा आउँदो केही समयमा फेरबदल हुने सम्भावना छ कारण खेल विज्ञान र चिकित्सा टीमका प्रमुख नितिन पटेलले हालै लगभग ३ सालको सफल कार्यकालपछि राजीनामा दिएका छन्। पटेलले यसबारे कुनै टिप्पणी गरेका छैनन्। बीसीसीआई-का एकजना वरिष्ठ अधिकारीले चाहिँ यस खबरको पुष्टि गरेका छन्। उनले भने, नितिनले स्पोर्ट्स साइन्स र मेडिकल टीमका प्रमुख पदबाट राजीनामा दिएका छन्। नितिनको बीसीसीआई-सँग धेरै राम्रो कार्यकाल रह्यो। उनले एनसीए-मा स्पोर्ट्स साइन्स र मेडिकल टीमको गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। गत केही सालमा कुनै पनि खेलाड़ी चोटग्रस्त भएर यहाँ आउँदा उनलाई सम्पूर्ण रूपले फिट भएपछि मात्र म्याच खेल्ने मञ्जुरी प्राप्त हुन्थ्यो। नितिनको परिवार विदेशमा बस्छन्। सीईओ-मा खेल विज्ञान र चिकित्सा विभागको जिम्मेवारी सम्हाल्नुको अर्थ नै सालमा ३६५ दिन काम हो।
नितिन पटेलले आफ्नो कार्यकालको अवधि पेस बलर जसप्रीत बुमराह र मोहम्मद शमीको साथमा ब्याटर केएल राहुल र स्पिनर कुलदीप यादव जस्ता प्रमुख खेलाड़ीहरूका रिह्याबिलिटेशनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सूत्रबाट थाहालागे अनुसार, लेवल थ्री-का केही प्रशिक्षक र स्ट्रेन्थ एण्ड कण्डीशनिंगसँग सम्बन्धित केही प्रशिक्षकले पनि आउँदो महिनाहरूमा पद छोड़्न सक्छन्। एनसीए प्रमुख भीभीएस लक्ष्मणको कार्यकाल यस सालको अन्तमा पूरा हुनेछ। उनलाई २०२७-मा हुने वनडे वर्ल्ड कपको अन्तसम्म पदमा रहने अनुरोध गरिन सक्छ। नितिन पटेल अघि एनसीए-सँग सम्बन्धित प्रशिक्षकहरूमा एक साईराज बहुतुलेले पनि पद छोड़ेका थिए। उनी राजस्थान रोयल्सको सहयोगी स्टाफहरूमा सामेल भएका छन्।