म्याड्रिड: एक समय निश्चित हारको संघारमा पुगे पनि बार्सिलोनाले असाधारण पुनरागमन गर्दै ला लीगा फूटबल प्रतियोगितामा यादगार जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा असाधारण फर्ममा रहने बार्सिलोनाले आफ्नो चीरप्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई ४-२-ले पराजित गऱ्यो। म्याचको ७० मिनटसम्म एट्लेटिको म्याड्रिड २-०-ले अघि रहेको थियो तर बार्सिलोनाले पनि असाधारण प्रदर्शन गर्दै ४ गोलको साथ जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड रियाद एयर मेट्रोपोलिटानो स्टेडियममा ३३ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिडलाई जूलियन अल्वारेजले मध्यान्तर अघि ४५औं मिनटमा बढ़त दिलाए। त्यसपछि अलेक्जेण्डर सरलोथले ७०औं मिनटमा अझ एक गोल गरी एट्लेटिकोलाई २-०-ले अघि पारे। त्यस समय होम टीमको जीत तय लागिरहेको भए पनि बार्सिलोनाले रहल समयमा लगातार ४ गोलको साथ होम टीमलाई स्तब्ध बनायो। बार्सिलोनाको निम्ति रोबर्ट लेवाण्डोस्कीले ७२औं मिनटमा पहिलो गोल गरे। त्यसपछि फेरान टोरेसले ७८औं मिनटमा गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। बार्सिलोनाले पछिबाट इञ्ज्युरी टाइममा २ गोल गरी म्याच जित्यो। यसमा लामिन यामालले इञ्ज्युरी टाइमको दोस्रो अनि टोरेसले आठौं मिनटमा गोल गरे। यस जीतको साथ बार्सिलोनाले २७ वटा म्याचमा ६० पोइण्ट्सको साथ गोल अन्तरको आधारमा ला लीगा पोइण्ट्स टेबलमा फेरि शीर्ष स्थान हासिल गऱ्यो। यसरी एट्लेटिको म्याड्रिड ५६ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ।
यसरी एथलेटिक क्लबले सेविलेविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ३८ प्रतिशत पोजेशनको साथ खेल्ने एथलेटिक क्लबबाट येरे अल्वारेजले ८४औं मिनटमा गोल गरे। यस जीतपछि एथलेटिक क्लब ५२ पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। यसरी दशौं स्थानमा रहने सेविलेसँग ३६ पोइण्ट्स रहेको छ। रियल बेटिसले पनि लेगानीसविरुद्ध ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने रियल बेटिसलाई कुचो हर्नाण्डेजले ८२औं मिनटमा निर्णायक गोल दिलाए। रियल बेटिस अहिले ४४ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ। रायो भाल्लेकानो र रियल सोसिएदादबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। यसरी गेटाफेले ओसासुनाविरुद्ध २-१-ले जीत हासिल गऱ्यो।