हात्तीको हमलामा अलिपुरद्वारमा एकजना व्यक्तिको मृत्यु तथा एकजना गम्भिर घाइते

IMG_20220908_202846.png

अलिपुरद्वार: जंगली हात्तीको हमलाले एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना गम्भीर रूपमा घाइते भएका छन्। जानकारी अनुसार ती व्यक्तिहरु माछा मार्न खोलातर्फ गइ रहेका थिए।यो घटना आज बिहान बक्सा ब्याघ्र प्रकल्पको छिपार जङ्गलमा घटेको हो। मृतक व्यक्ति नारायण घोष र घाइते व्यक्ति सुभाष बर्मनको रूपमा चिन्हित गरिएको छ। घाइतेहरूलाई उद्धार गरेर कामाख्यागढी खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा लगे तापनि चिकित्सकहरूले तीमध्ये एकजनालाई मृत घोषित गरिदिए। अन्य एकजना घाइते व्यक्तिलाई अलिपुरद्वार जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement