गान्तोक: असमलिङजेको ट्राइवल अनुसन्धान संस्थानमा गत ११-१५ मार्चसम्म आँगनबाडी कार्यकर्ताहरूलाई लिएर पाँच दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो। यस प्रशिक्षणले बालबालिकाको विकास, स्वास्थ्य, पोषण र सामुदायिक कल्याण सम्बन्धी जागरुकता गराइएको थियो। आँगनवाड़ी कार्यकर्ताहरूलाई बालबालिका, गर्भवती महिला र सुत्केरी आमाहरूलाई सेवाहरू प्रदान गर्ने प्रेरित गरिएको थियो। पाँच दिवसीय प्रशिक्षण कार्यक्रममा बालपोषणको महत्व र बालबालिकाको विकास, बालबालिका र आमाको स्वास्थ्य परीक्षण र खोप अभियानमा भूमिका, बाल कल्याणका लागि सरकारको नीतिबारे छलफल गरि एको थियो। बालबालिकाका लागि पौष्टिक भोजन, मानसिक विकास साथै बालबालिकाका लागि खेलको महत्व, प्रविधि र मातृस्वास्थ्य, परिवार नियोजनजस्ता कार्यबारे जागरुकता गराइएको थियो।