गान्तोक: भारतीय सेनाका ब्ल्याक क्याट डिभीजनको पहलमा आयोजित रियालिटी शो- ‘गोल्डन भोइस् अफ् सिक्किम’को ग्राण्ड फिनाले हिजो तादोङस्थित नरबहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा सम्पन्न भयो। ब्ल्याक क्याट डिभिजनले सद्भावना कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको विकासमा योगदान पुर्यानउ उद्देश्यले “द गोल्डेन भ्वाइस अफ सिक्किम” कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रममा निर्णायक मण्डलीमा रेमन्ती राई, गीता शर्मा र रिवास गुरुङ रहेका थिए। फाइनलमा पुग्न सफल बनेका प्रतियोगीहरूले सांगीतिक प्रस्तुति दिएका थिए। उक्त प्रतियोगितामा दाउकी लेप्चा प्रथम बनिन् भने सोनाम भोटिया दोस्रो र प्रणिता तामाङले तेस्रो स्थान ओगटन सफल भएकी छन्। प्रथम हुने विजेलाई नगद एक लाख, दोस्रो ५० हजार र तेस्रो २५ हजार प्रदान गरियो। कार्यक्रममा भारतीय सेना व्ल्याक क्याट डिभीजनका मेजर जनरल महिपाल सिंह राथौड मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। उनको साथमा उनकी धर्मपत्मी मिनाक्षी राथौड, गान्तोक जिल्लाका जिल्लापाल तुषाऱ निखारे लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।