गान्तोक: सोरेङ जिल्ला अस्पतालको आयोजनमा नवजात शिशु सुरक्षमाथि दुई दिवसीय आवसीय प्रशिक्षण सम्पन्न भयो। कार्यक्रममा सोरेङ जिल्लाका स्वास्थ्यकर्मीहरूले सहभागिता जनाएका थिए। स्रोतवक्ताका रूपमा गान्तोक जिल्ला बालरोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र नर्सिङ अधिकारी सामेल थिए। जसले नवजात शिशुको हेरचाह र नवजात शिशुको सुरक्षासम्बन्धी प्रशिक्षण गराए। सो क्रममा सोरेङ जिल्ला चिकित्सा अधिकारी डा. नाम्गे भोटियाले प्रशिक्षण कार्यक्रम आयोजनबारे प्रकास पारेका थिए। दुई दिवसीय प्रशिक्षण कार्यक्रमअन्तर्गत नवजात शिशुको आवश्यक हेरचाह, जन्म तौल, संक्रमणको व्यवस्थापन र स्वाथ्यकर्मीहरूको सक्रिय सहभागिताबारे सहभागीहरूलाई जानकारी गराइयो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. नाम्गे भोटियाले प्रशिक्षण कार्यक्रममा सिकेका कुराहरूलाई स्वास्थ्य केन्द्रहरूमा कार्यान्वयन गर्ने आग्रह गरे। यस अवसरमा सहभागीहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो।