पुरुषहरूमा हरमनप्रीत र महिलाहरूमा सविता सालका सर्वश्रेष्ठ खेलाड़ी

IMG-20250316-WA0279

नयाँ दिल्ली: पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने भारतीय हकी टीमका कप्तान हरमनप्रीत सिंहलाई हकी इण्डियाको सातौं वार्षिक पुरस्कारहरूमा साल २०२४-को सर्वश्रेष्ठ पुरुष खेलाड़ी र सीनियर गोलकीपर सविता पूनियालाई सर्वश्रेष्ठ महिला खेलाड़ीको रूपमा बलबीर सिंह सीनियर पुरस्कार प्राप्त भयो । ५० वर्ष अघि १५ मार्चमा मलेशियाको कुआलालम्पुरमा भारतलाई एकमात्र वर्ल्ड कप खिताब दिलाउने अजितपाल सिंहको कप्तानीमा रहने भारतीय टीमलाई ध्यानचन्द लाइफटाइम अचीवमेण्ट पुरस्कार प्रदान गरियो। पेरिस ओलम्पिकमा १० गोल गरी भारतलाई लगातार दोस्रो ओलम्पिक काँस्य पदक दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ड्र्याग फ्लिकर हरमनप्रीत सिंहले पुरस्कार जितेपछि भने, यो पुरस्कार मेरो निम्ति धेरै महत्त्वपूर्ण छ अनि यसले युवाहरूलाई प्रेरित गर्नेछ। म युवाहरूलाई नतीजाको पर्वाह नगरी कठोर मेहनत गर्ने परामर्श दिन्छु। यसरी तेस्रोपल्ट पुरस्कार जितेपछि महिला हकी टीमकी पूर्व कप्तान सविताले भनिन्, यस पुरस्कारले मलाई भविष्यमा अझ कठोर मेहनत गर्ने प्रेरणा प्राप्त हुनेछ। सालका सर्वश्रेष्ठ गोलकीपरको बलजीत सिंह पुरस्कार पनि सवितालाई प्राप्त भयो। सर्वश्रेष्ठ डिफेण्डरको परगट सिंह पुरस्कार अमित रोहिदासले जिते जबकि सर्वश्रेष्ठ मीडफिल्डरको अजितपाल सिंह पुरस्कार हार्दिक सिंहलाई प्राप्त भयो। सर्वश्रेष्ठ फरवर्डको धनराज पिल्लै पुरस्कार अभिषेकलाई प्रदान गरियो। साल २०२४-की सर्वश्रेष्ठ अण्डर-२१ महिला खेलाड़ीको असुन्था लाकड़ा पुरस्कार ड्र्याग फ्लिकर दीपिकाले जितिन् जबकि पुरुष वर्ग (अण्डर-२१) मा जुगराज सिंह पुरस्कार अराइजीत सिंह हुण्डललाई हासिल भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement