पाकिस्तानविरुद्ध पहिलो टी२० म्याचमा न्यूजील्याण्डको एकतर्फी जीत

IMG-20250316-WA0248

क्राइस्टचर्च: न्यूजील्याण्डले टी२० शृङ्खलाको पहिलो म्याचमा आइतवार पाकिस्तानलाई ९ विकेटले पराजित गर्यो। नवनियुक्त कप्तान सलमान आगाको अगुवाईमा पाकिस्तानको टीमले हेग्ले ओवल मैदानमा आत्मसमर्पण गर्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानको टीम १८.४ ओभरमा ९१ रन बनाएर अलआउट भयो। यो पाकिस्तानको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं न्यूनतम स्कोर हो। जवाफमा न्यूजील्याण्डले ५९ बल बाँकी रहँदै केवल एक विकेटमा ९२ रन बनाएर म्याच जित्यो। आयोजक टीमबाट टिम शीफर्टले सर्वाधिक ४४ रन बनाए। उनले २९ बल खेलेर सातवटा चौका र एउटा छक्का लगाए। यसबाहेक फिन एलनले १७ बल खेलेर २ वटा छक्का र २ वटा चौकाको साथ अविजित २९ रन बनाए। यसरी रबिन्सनले एउटा छक्काको साध अविजित १८ रन बनाए। यसअघि म्याचमा टस हारेर पहिला ब्याटिंग गर्ने पाकिस्तानको शुरुवात खराब रह्यो अनि एक समय स्कोर ६ ओभरमा ४ विकेटमा १४ रन थियो। मोहम्मद रिजवान र बाबर आजमको स्थानमा खेलिरहेका पाकिस्तानका ओपनिंग ब्याटर मोहम्मद हासिल र हसन नवाज दुवै खाता नखोली आउट भए। खुदशिल शाहले सर्वाधिक ३२ रन बनाएर टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। उनले ३० बल खेलेर ३ वटा छक्का लगाए। यसबाहेक कप्तान सलमान आगाले १८ रर जहानदाद खानले १७ रनको योगदान दिए। न्यूजील्याण्डका बलरहरूमा जेकब डफीले ४ र काइल जेमिसनले ३ विकेट हासिल गरे। जेमिसनले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement