देउराली संघ नक्आउट फूटबलः बाहुनडांगी एफसी सजिलै विजयी

photocollage_202298201110875.jpg

८ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा बिहीवार बाहुनडांगी एफसी-ले एकतर्फी जीत हासिल गऱ्यो। रंगमोहन हाई स्कूल मैदानमा आज खेलिएको म्याचमा बाहुनडांगी एफसी-ले यंग स्टार एफसी-लाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बिप्लव श्रेष्ठले २ गोल गरे। यसबाहेक रोमन भुजेलले १ गोल गरे भने १ गोल आत्मघाती रह्यो। अब शुक्रवार खेलिने म्याचमा एमएम तराई र आरएसएफसी पानीट्यांकीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement