सोनादा: दार्जिलिङ जिल्ला र इचिबान स्पोर्ट्स एकेडेमीका दुई प्रतिभाशाली खेलाडीहरू बंगाल ओलम्पिक संघसँग सम्बद्ध एक मात्र प्रामाणिक कराते संस्था कराते संघ (केएबी) अन्तर्गत आधिकारिक पश्चिम बंगाल कराते टोलीमा छनोट भएका छन्। पश्चिम बंगालको प्रतिनिधित्व गर्ने दुई युवा खेलाडीहरू रिजोङ तामाङ र राज प्रधानले २६ देखि २९ मईसम्म सम्म हैदराबादमा आयोजना हुने सिनियर अखिल भारतीय कराते च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलाडीहरूले बंगाल कराते संघ र उनीहरूको गभर्निङ बडी, अखिल भारतीय सेइशिंकाई शितो-र्यू कराते-डोबाट प्रायोजन प्राप्त गरेका छन्। खुशी व्यक्त गर्दै, उनीहरूले यो उपलब्धि वर्षौंको समर्पण र कडा परिश्रमको परिणाम भएको बताएका छन्। उनीहरूले बंगाल कराते संघका अध्यक्ष हान्शी प्रेमजित सेनलाई उनको अटल समर्थन र मार्ग दर्शनको लागि हार्दिक आभार पनि व्यक्त गरेका छन्। यो दार्जिलिङ र इचिबान स्पोर्ट्स एकेडेमीका लागि अत्यन्तै गर्वको क्षण हो, किनकि यी खेलाडीहरूले राष्ट्रिय मञ्चमा आफ्नो राज्यको प्रतिनिधित्व गर्न तयारी गरिरहेका छन्।