पार्टीको स्थापना दिवसलाई लिएर युवा शक्तिद्वारा खरसाङ बजार झण्डाहरू लगाउने कार्य सम्पन्न

IMG_20220908_200558.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसको अवसरमा आज खरसाङ बजारमा युवा शक्तिद्वारा पार्टीको झण्डाहरू लगाउने कार्य सम्पन्न गरिएको छ। युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङको अगुवाईमा युवा शक्तिले खरसाङ बजारको विभिन्न स्थानहरूमा पार्टीको झण्डाहरू लगाउने कार्य सम्पन्न गरेका छन्। भागोप्रमोले आफ्नो स्थापना दिवसमा खरसाङमा केन्द्रीय स्तरमा स्थापना दिवस समारोह तीन दिवसीय रुपमा पालन गरिरहेका छन्। यसै क्रममा दोस्रो दिन आज खरसाङ बजारमा पार्टीको झण्डाहरू लगाउने कार्य गरिएको छ। बजारमा पार्टीको झण्डाहरू मात्रै होइन तर लाइटहरू लगाएर झिलीमिली बनाइएको छ।

यस अवसरमा पत्रकारहरूसित कुराकानी युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङले आज युवा शक्तिद्वारा पार्टीको झण्डाहरू लगाउने कार्य खरसाङ बजारभरि गरेको र यो पनि पार्टीको स्थापना दिवसकै एक हिस्सा रहेको बताएका छन्। उनले आफुहरूले खरसाङ बजारको सबैतिर पार्टीको झण्डाहरू लगाएको अनि नारी शक्तिको प्रतिनिधिहरूले आज खरसाङ महकुमा अस्पताल र टिभी सेनिटोरियममा हर्लिक्स र खानाहरू वितरण गरेको बताएका छन्। उनले भोलि हुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस मन्टिभियट खेल मैदानमा आयोजना गरिएको र उक्त समारोहको लागि युवा शक्तिले ट्राफिक व्यवस्थाको जिम्मावरी लिएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement