खरसाङ: महानदी ग्राम पञ्चायत अन्तर्गत गिताङ्गे चियाबारी क्षेत्रमा १५ वटा डस्टबीनहरु साथै गिताङ्गेको खेल मैदानमा पब्लिक टोइलेट र पानीको पनि व्यवस्था गरिएको छ। विशेष गरेर महानदी ग्राम पञ्चायतको तर्फबाट १५ वटा डस्टबीनहरु गिताङ्गे क्षेत्रका स्कूल, दोकान, समाज घर, आँगनबाडी साथै अन्य आवश्यक स्थानहरुमा मैलाहरु राख्नलाई वितरण गरिएको छ। यसको साथै गिताङ्गेमा रहेको खेल मैदानमा पब्लिक टोइलेट निर्माण कार्य चलिरहेको जानकारी प्राप्त भएको छ। यस खेल मैदानमा एउटा पब्लिक टोइलेट निर्माण भईसकेको र अन्य निर्माण भईरहेको जानकारी प्राप्त भएको छ। यसको साथै गिताङ्गेमा पानीको व्यवस्था, फुटपाथ निर्माण भएको बताइएको छ। डस्टबीन वितरण कार्यमा स्थानीय पञ्चायत सदस्या जुना छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, गिताङ्गे बुथ कमिटीको पदाधिकारीहरु उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, गिताङ्गे बुथ कमिटीको उपाध्यक्ष मणिकुमार विश्वकर्म, सदस्य बीके विष्ट आदिले महानदी ग्राम पञ्चायतको तर्फबाट गिताङ्गे चियाबारीमा डस्टबीनहरु वितरण गरिएकोमा खुशी व्यक्त गरेका छन्। यसको साथै गाउँमा रहेको खेल मैदानमा जनसाधारणको सुविधाको लागि पाईखाना निर्माणको कार्य चलिरहेको जसमा एउटा निर्माण भईसकेको र अरु पनि चाढै निर्माण हुने भएको जानकारी प्राप्त जानकारी प्राप्त भएको छ। उनीहरुले बताए अनुसार गिताङ्गे चियाबारीमा डस्टबीनहरु वितरण साथै पाईखाना निर्माणको लागि महानदी ग्राम पञ्चायत साथै पञ्चायत समिति सदस्य कुसाङ लामा र पञ्चायत सदस्या जुना छेत्रीलाई धन्यवाद दिएका छन्। यसको साथै गिताङ्गेमा पानीको व्यवस्था पनि भएको साथै गाउँमा भईरहेको विकास कार्यको लागि पनि आभार प्रकट गरेका छन्।