खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २ को बिल्डिङ पाखामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रशाखा गठन साथै यस क्षेत्रवससीले भोग्नु परिरहेको विभिन्न विषयमा एक सभा सम्पन्न भयो। सभाको अध्यक्षता वार्डको कार्यवाहक अध्यक्षा पुष्प प्रधानले गरेका थिए भने सञ्चालन टाउन कमिटीको सांगठनिक सचिव रन्जन गजमेरले गरेका थिए। सभामा विशेष रूपले टाउन कमिटिको अग्रिम पक्तिको पदाधिकारीगण, अशोक सेन्चुरी, कोषाध्यक्ष राजेन प्रधान अनि कार्यकारिणी सदस्य रतन शेर्पा उपस्थित रहेका थिए। यस क्षेत्रमा धेरै नै बुनियादी विकासको असुविधा भोग्नु परिरहेको जन गुनासो राखे। सभामा विभिन्न समस्याहरु जस्तै पिउने पानी, नाला झोडा, सार्वजनिक शौचालय र सार्वजनिक भवन ईत्यादि। तर वर्तमान समयमा पिउने पानीको अति नै समस्या भईरहेको जन गुनासो राखे। २८ नम्बर समष्टि भित्र नै १ देखि १० नम्बर वार्ड पर्न गएको कारण हुँदा हुँदै पनि यस क्षेत्रमा बुनियादी सुविधाहरुदेखि वञ्चित रहेको बताए। सभामा सर्वसहमतिद्वारा वार्ड नम्बर २ को बिल्डिङ पाखामा प्यारेन्ट्स बडीको प्रशाखा गठन गरियो। यस प्रशाखाको निम्ति लिखित पदाधिकारीगण चयन गरियो। सभापति रबिन तामाङ, उप-सभापति अशोक छेत्री, सचिव प्रविण सुन्दास, सह-सचिव किशोर दियाली, कोषाध्यक्षद्वय श्याम सेन्चुरी, मोहन दियाली अनि अन्य १२ जनाको कार्यकारिणी सदस्यहरू चयन गरियो। सभालाई अशोक सेन्चुरी, रबिन तामाङ, कार्यवाहक सचिव बिरबल पाखरीन, कार्यवाहक अध्यक्ष सन्दिप बलले सम्बोधन गरेका थिए भनी भागोप्रमो खरसाङ टाउन कमिटीको कार्यवाहक सचिव बिरबल पाखरीनले जानकारी गराएका छन्।