स्वाभिमान संघको मासिक सभा सम्पन्न

IMG-20250316-WA0101

नोल डाँडा: आज स्वाभिमान संघको मासिक सभा सम्पन्न भएको छ। आजको सभालाई संघका अध्यक्ष जीवन बोम्जनले अध्यक्षमा गरेका थिए भने सञ्चालन मन्दीप तामाङले गरे।
संघमा भएको हरहिसाब सबैलाई जानकारी गराएपछि संघमा भएको सर-समानहरुको पनि जानकारी साथै संघमा सर-समानहरु थप्नुपर्ने सहमति भयो।
आगामी आइतबार २३ मार्च २०२५ को दिन संघले गाउँ भित्रको शान्तिनगर जाने बाटो मर्मत गर्ने भएकाे छ र गाउँलेलाई पनि श्रमदान गरिदिने अनुरोध गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement