गान्तोक: सोरेङ जिल्लाको सामाजिक कल्याण विभागको पहलमा अनुसूचित जाति एवं जनजाति संरक्षण कानून १९८९ माथि एक जागरुकता कार्यक्रम जूम ग्राम पञ्चायत यूनिटमा सम्पन्न भयो। यस कार्यक्रमको उद्देश्य स्थानीय समुदायलाई ऐनको प्रावधानबारे सचेत गराउनको साथै सीमान्तकृत समूहहरूलाई भेदभाव र हिंसाबाट सुरक्षा उपलव्ध गराउने रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला पञ्चायतका खगेन्द्र राईले यस प्रकारको जागरूक कार्यक्रमहरूले मानिसहरुमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिए। उनले सिक्किमलाई नशामुक्त बनाउने सरकारको पहलमाथि प्रकाश पार्दै लागूपदार्थमुक्त सिक्किमका लागि योगदान पुर्याोउने आग्रह गरे। यसका साथै उनले सरकारी छात्रवृत्ति र अन्य विभिन्न योजनाहरूबारेमा अवगत गराउदै समाज कल्याण विभागलाई भविष्यमा विद्यालयहरूमा छात्रवृत्ति सम्बन्धी यस प्रकारको कार्यक्रम आयोजन गर्ने आग्रह गरे। सोही प्रकारले सामाजिक न्याय डिभीजनका संयुक्त निर्देशक महेश शर्माले विभागले शुरू गरेको यस प्रकारको पहलमाथि जानकारी दिँदै नशामुक्त सिक्किम अभियान, आयुष्मान भारत योजना र अन्य सरकारी योजनाहरूमा पनि विभागले प्रभानी कार्य गरेको उल्लेख गरे। यसरी नै विभागकी कल्याण अधिकारी प्रतिभा तामाङले हिंसा रोकथाम ऐन १९८९ को विस्तृत जानकारी गराइन्। उनले सहभागीहरूलाई सुकन्या समृद्धि योजना, अन्तर्जातीय विवाह प्रोत्साहन र विद्यार्थीहरूको लागि उपलब्ध छात्रवृत्ति योजनाहरूबारे जानकारी गराए। सोही प्रकराले अधिवक्ता टाशी डोमा भोटियाले उक्त ऐनबारेमा विस्तृतरूपमा जानकारी गराउँदै यसको उल्लङघन गरेमा कानुनी सजाय हुन सक्ने बताइन्। उनले प्रभावित समुदायहरूको लागि न्याय सुनिश्चित गर्न समयमै हस्तक्षेप र कानुनी जागरूकताको महत्त्वमाथि जोड दिइन्। उनले सिक्किममा ट्रान्सजेन्डर समुदायको सुरक्षा र समर्थन गर्ने ट्रान्सजेन्डर ऐन (अधिकार संरक्षण) बारेमा पनि जानकारी गराइन्।