गान्तोक: पाकिम जिल्ला कृषि विभाग र आइसीएआर नयाँ दिल्लीको संयुक्त पहलमा आज पाकिम जिल्लास्थित पदमचेमा बीउ उत्पादन तकिनिकीमाथि प्रशिक्षण कार्यक्रम आयोजन गरियो। यस अवसरमा राज्यमा उत्पादन हुने पहेंली दालमाथि प्रशिक्षण प्रदान गरिएको थियो। स्थानीय किसानहरूलाई भटमासको बीउ उत्पादनबारे ज्ञान र प्रविधिहरू प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा स्रोतवक्ताकोरूपमा कृषि विभागकी उपनिर्देशक रेबिका गुरूङ रहेकी थिइन्। उनले विशेष गरेर उत्पादनबारेमा कृषकहरूलाई ध्यान केन्द्रित गराइन्। यस अन्तर्गत उत्पादित बीउको प्याकेजिङ साथै किराहरूबाट बीउनलाई संरक्षण गर्ने विषयमाथि प्रकाश पारिन्। सोही प्रकारले पाकिम जिल्लाका एडीओ गगन गुरूङले माटोको स्वास्थ्य र उचित बीउ छनोबारे जानकारी गराउँदै युआरडी खेतीको आधारभूत पक्षहरूबारे अवगत गराए। यसरी नै बीउ निरीक्षक अञ्जना शर्माले साथी पोर्टलले बीउ परीक्षण र प्रशोधनबारे जानकारी गराइन्। जसले सहभागीहरूलाई बीउ प्रमाणीकरण र गुणस्तर नियन्त्रण प्रक्रियाहरूको गहणरूपमा बुझ्न सक्ने प्रक्रियाबारे अवगत गराइन्। यस प्रशिक्षण कार्यक्रममा कूल ५० जना कृषकहरूले सहभागिता जनाएका थिए।