उत्तरमा अझै एउटा बेली ब्रीज भत्कियो

IMG-20250315-WA0227

गान्तोक: उत्तर सिक्किममा फेरि एउटा बेली ब्रीच भत्किएको छ। घट्ना आज बिहानको हो। प्राप्त जानकारीअनुसार डिक्चू-साङ्कलाङ रोड़मा रहेको एउटा बेली ब्रीजमा ठूलो ओभर लोड ट्रक फँस्दा यो घट्ना भएको हो। तर, साँझसम्म पुलको मरम्मती गरिएको समाचार प्राप्त भएको छ।
उल्लेखनीय छ, वर्ष २०२३को अक्टोबर महिनामा टिस्टी नदीमा आएको प्रलयकारी बाढ़ी अनि अघिल्लो वर्षको आरम्भमा आएको प्राकृतिक प्रकोपपछि उत्तर सिक्किममा अस्थायी तथा बेली ब्रीज भत्किएको यो चौथो घट्ना हो।
प्राप्त जानकारीअनुसार पहिलोपल्ट 4 जनवरी २०२५को दिन लाचुङ र कटावलाई जोड़्ने २ सय फुटको बेली ब्रीज भत्किएको थियो। यसरी नै ११ फरवरी २०२५को दिन पनि १८० फुट लामो ब्रीज फत्किएको थियो। त्यसको लगतै 20 फरवरीको दिन पनि साङ्कलाङमा अझै एउटा बेली ब्रीज भत्किएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement