गान्तोक: सोरेङ जिल्लाको छुचेन टाकुथाङ ग्राम पञ्चायत यूनिटअन्तर्गत निर्माणाधीन सडकको निरीक्षण गर्दै क्षेत्र विधायक इरुङ तेञ्जिङ लेप्चाको यस कार्यलाई शीघ्र पूरा गर्ने निर्देश दिए। विशेष गरेर उक्त जीपीयूको सडकमा हाल कार्पेटिङको कार्य चलिरहेको छ। विधायक लेप्चाले सडक निर्माणको गुणस्तरीयबारे जाँच गर्ने उद्देश्यले निरीक्षण गरेका हुन्। निरीक्षणको क्रममा उनले उक्त सडक निर्माणका ठेकेदारलाई निर्धारित समयभित्र सडक निर्माण कार्य समाप्त गरी स्थानीयहरूलाई सुरक्षित यातायात सञ्चालन गराउनु पर्ने निर्देश दिएका छन्। यस निरीक्षणले स्थानीयहरूको सुविधाका लागि गुणस्तरीय पूर्वाधार प्रदान गर्नमा मदत पुऱ्याउने साथै सडक सम्पर्क सुधार गर्नमा विभागको पहलबारे प्रकाश पारेको छ। यस क्षेत्रमा सार्वजनिक सुविधा बढाउन समयमै सरकारी योजनाको कार्यान्वयन गर्नुपर्ने उनले जोड दिए। यस अवसरमा विधायक लेप्चाको साथमा पञ्चायत अध्यक्ष निरज दोङ, सडक एवं पुल विभागका ओएसडी धनपति शर्मा लगायत ठेकेदार नोर्बु भोटिया सामेल रहेका थिए।