गान्तोक: राजधानीको मुटु मानिने एमजी मार्गमा होली मिलन समारोह भव्यतापूर्क सम्पन्न भयो। उक्त अवसरमा राज्यका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिका रूपमा उपस्थित थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्री भोजराज राई, गान्तोक निर्वाचन क्षेत्रका विधायकलगायत अन्यहरूको पनि समारोहमा उपस्थिति रहेको थियो। सिक्किम बिहारी र मारवाडी समाजद्वारा आयोजित होली मिलन समारोहमा रङ्गारङ कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। जसले सिक्किम राज्य विविधतमा एकता रहेको प्रमाणित गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल ओमप्रकाश माथुरले सिक्किम राज्यलाई एकताको आदर्श बताउँदै राज्यमा सबै समुदाय मिलेर बसेको र सबै समुदायले आफ्नो सांस्कृतिक विविधता र सामुदायिक एकताको उदाहरण प्रस्तुत गर्दै आएको जानकारी गराए। उनले भने, होली पर्वले एकता अनि भाइचाराको सन्देश दिन्छ अनि समाजमा प्रेम र सदभावनालाई बढावा दिन्छ।