निलम्बनले गर्दा हार्दिकले आईपीएलमा पहिलो म्याच खेल्न नसक्ने

IMG-20250315-WA0209

मुम्बई: मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्ड्याले आईपीएल २०२५-मा आफ्नो टीमको निम्ति पहिलो म्याचमा खेल्नेछैनन्। आईपीएलको नयाँ सीजन २२ मार्चदेखि शुरु हुनेछ अनि मुम्बई इण्डियन्सको पहिलो म्याच २३ मार्चमा चेन्नई सुपर किंग्सविरुद्ध रहेको छ। त्यस म्याचमा हार्दिकले हिस्सा लिनेछैनन्। गत संस्करणमा भएको गल्तीले गर्दा भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले उनलाई शास्ती दिएको छ। वास्तवमा आईपीएल २०२४-को अवधि धीमा ओभर रेटले गर्दा बीसीसीआई -ले उनीमाथि ३० लाख रुपियाँको जरिमाना र एउटा म्याचको निम्ति निलम्बनको शास्ती सुनाएको थियो। गत संस्करणमा बीसीसीआई -ले शास्ती तय गर्दा मुम्बई इण्डियन्सले ग्रुप चरणमा आफ्नो सबै म्याच खेलिसकेको थियो। यसैकारण हार्दिकमाथि लगाइएको शास्ती अब यस सीजनको पहिलो म्याचमा लागू हुनेछ। उल्लेखनीय छ, मुम्बई इण्डियन्सले आईपीएलको गत सीजनमा रोहित शर्माको स्थानमा हार्दिकलाई कप्तान नियुक्त गरेको थियो। गत सीजनमा मुम्बई इण्डियन्सको प्रदर्शन निराशाजनक रहेको थियो। मुम्बईको फ्रेञ्चाइजीले १४ वटा म्याच खेलेर केवल ४ वटा जितेको थियो। यसैकारण टीम आईपीएल पोइण्ट्स टेबलको १०औं स्थानमा रहेर बाहिर भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement