खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा महानदी र घुम्ती कमान क्षेत्रमा पैदल निरीक्षण भ्रमणमा आएका थिए। जीटीए प्रमुख अनित थापा खरसाङबाट पैदल नै यात्रा गर्दै गिध्द पहाड, महानदी हुँदै घुम्ती चियाबारीका गाउँहरु भ्रमणमा पुगेका थिए। यसवाधि उनलाई महानदी बजार र घुम्ती चियाबारीको विभिन्न स्थानहरुमा स्थानीयहरु र भागोप्रमो पार्टीको कार्यकर्ताहरुले स्वागत जनाएका थिए। अनित थापाले यसावधि घुम्ती चियाबारीको बीच गाउँ, गैरी गाउँमा रहेको पैह्रो क्षेत्रको निरीक्षण गरेका थिए भने स्थानीयहरुको मांग अनुसार उक्त पैह्रो मरमत्ति गरिदिने वचन दिएका छन्। उक्त पैह्रोको निरीक्षण अवधि उनीसित सम्बन्धित विभागका अधिकारीहरू पनि उपस्थित रहेका थिए। स्थानीयहरुले जीटीए प्रमुख अनित थापालाई विभिन्न मांगहरुमा ज्ञापन पत्र पनि चढाएका थिए। यस क्रममा स्थानीयहरुले गाउँमा सार्वजनिक भवन निर्माणको लागि ज्ञापन पत्र चढाएका छन्। यसको साथै उनले घुम्ती चियाबारी क्षेत्रमा भूतपूर्व सैनिकहरुको लागि कार्यालय स्थापनाको पनि वचन दिएका छन्। यही क्रममा घुम्ती चियाबारी दुईवटा बुथहरु अन्तर्गत रहेका गाउँहरुमा दुईवटा सार्वजनिक भवन निर्माणको लागि पनि आश्वासन दिएको जानकारी प्राप्त भएको छ। जीटीए प्रमुख अनित थापाको उक्त भ्रमण अवधि पञ्चायत समिति सदस्या सरिता मुखिया, पञ्चायत सदस्य सर्जित दर्नाल र सुदेशना लेप्चा, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति प्रेमेन्द्र गुरुङ, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान र अन्य नारी शक्तिको प्रतिनिधिहरु साथै घुम्ती चियाबारीको बुथ कमिटीको सभापति निलेस खवास, सचिव बसन्त राई लगायत भूतपूर्व सैनिक संगठनका प्रतिनिधिहरु साथै स्थानीयहरु उपस्थित रहेका थिए। भनी भागोप्रमो घुम्ती चियाबारी बुथ कमिटीको सचिव बसन्त राईले जानकारी गराएका छन्। उनले जानकारी गराए अनुसार घुम्ती चियाबारीको बीच गाउँ, गैरी गाउँ क्षेत्रमा रहेको सानो खोलामा रहेको पैह्रो मरमत्तिको लामो समयदेखि स्थानीयजरुले मांग गर्दै आएको र यसै विषयमा भागोप्रमो घुम्ती चियाबारीको प्रतिनिधिहरुले जीटीए प्रमुख अनित थापालाई भेट गरी निरीक्षण आउने निवेदन गरेका थिए। उक्त निवेदनकै आधार शुक्रबार अनित थापाले उक्त पैह्रोको निरीक्षण गरेर मरमत्तिको आश्वासन दिएका छन्।

घुम्ती चियाबारी बुथ कमिटीको सचिव बसन्त राईले अनित थापा निरीक्षणमा आएको समय महानदी, बजार, गन्टीटार, घुम्ती चियाबारीको गाउँहरुमा पनि स्वागत जनाइएको जानकारी गराएका छन्। उनले घुम्ती चियाबारीको विभिन्न गाउँहरूको भ्रमणमा जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको भ्रमणले स्थानीय पार्टी कार्यकर्ताहरुमा नयाँ जोश प्राप्त भएको साथै स्थानीयहरुमा खुशी देखिएको बताएका छन्।