बेलबारी नगर अस्पतालले बिद्युतको लाखौँ महशुल नतिर्दा अन्धकारमय

IMG-20250315-WA0141

बेलबारी:निर्माण सम्पन्न भएको महिनौ बितिसक्दा समेत सञ्चालनमा आउन नसकेको बेलबारी ४ मा रहेको १५ बेडको बेलबारी नगर अस्पतालले बिद्युतको महशुल नतिर्दा लाईन काटिएपछि यतिबेला अन्धकारमय बनेको छ।
अस्पतालमा जोडिएको लाईन डेढ महिना अघिदेखि काटिएको छ। महिनौसम्म महशुल नबुझाएपछि अस्पतालको लाईन काटिएको हो। स्रोतका अनुसार सो अस्पतालले १ लाख ३७ हजार महशुल बुझाउन बाँकी रहेको छ। त्यति रकम नबुझाएपछि डेढ महिना अघि नै अस्पतालको लाईन काटिएको थियो।
सो अस्पताल निर्माण सम्पन्न भएको महिनौ बितिसकेको छ। तरपनि सो अस्पताल अहिले सम्म सञ्चालनमा आउन सकेको छैन। बेलबारी नगरपालिकाले अस्पताल सञ्चालन गर्ने भनेकै महिनौ बितिसकेपनि सो अस्पताल सञ्चालनमा आउन सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement