अल ईंग्ल्याण्ड च्याम्पियनशीपको क्वार्टर फाइनलमा चीनका फेंगविरुद्ध हारे लक्ष्य

IMG-20250315-WA0117

बर्मिंघम: भारतका लक्ष्य सेनले अल ईंग्ल्याण्ड ब्याडमिण्टन च्याम्पियनशीपको क्वार्टर फाइनलमा विश्वका छैटौं नम्बरका खेलाड़ी चीनका लि शि फेंगविरुद्ध हारको सामना गर्नु पऱ्यो। लक्ष्य म्याचमा १०-२१, १६-२१-ले पराजित भए। महिला युगलमा त्रिसा जली र गायत्री गोपीचन्दकी भारतीय जोड़ी पनि क्वार्टर फाइनलमा पराजित भयो। त्रिसा र गायत्रीकी जोड़ीलाई लियू शेंगशू र तान निंगकी दोस्रो वरीयता प्राप्त जोड़ीले २१-१४, २१-१०-ले पराजित गऱ्यो। पुरुष एकलको क्वार्टर फाइनलमा विश्व ऱ्याङकिंगमा १५औं स्थानमा रहने सेनले ४४ मिनटसम्म चलेको म्याचमा हारको सामना गर्नु पऱ्यो। सेनले थोमस कपसहित गत दुईवटा म्याचमा शि फेंगलाई पराजित गरे पनि यसपाली चाहिँ उनले फर्मलाई कायम राख्न सकेनन्। पेरिस ओलम्पिकमा मामूली अन्तरले गर्दा पदक जित्नदेखि चुक्ने २०२२-का उपविजेता सेनले असल शुरुवात गरेका थिए। उनले गत च्याम्पियन जोनाथन क्रिस्टीलाई पनि पराजित गरे तर फेंगविरुद्ध चाहिँ उनले जीत हासिल गर्न सकेनन्।
फेंगले पहिलो गेम त केवल १७ मिनटमा जिते। उनले प्रदर्शनमा निरन्तरता देखाउँदै अनावश्यक जोखिम उठाएनन्। असाधारण स्म्याशको साथ उनले ९-४-को बढ़त हासिल गरेपछि त्यसलाई ब्रेकसम्म ११-४ पुऱ्याए। एक समय अन्तर ७-२१-को भएको थियो तर फेंगले असाधारण पुनरागमन गर्दै अन्तरलाई फेरि ठूलो बनाए। दोस्रो गेममा लक्ष्यले प्रदर्शनमा सुधार गर्ने प्रयास गरे पनि फेंगले २७ मिनटमा जीत हासिल गरे। एक समय दोस्रो गेममा फेंग २-५-ले पछि थिए तर ३७ शट्को ऱ्यालीपछि उनले स्कोर १०-८ पुऱ्याए। ब्रेकसम्म उनीसँग ३ पोइण्ट्सको बढ़त थियो अनि ४४ शट्को ऱ्यालीपछि स्कोर १४-१४-को बराबरीमा पुग्यो। फेंगले त्यसपछि आक्रामक खेल देखाउँदै स्कोर १७-१५ पुऱ्याए। सेनको औंलीमा चोट पनि लाग्यो अनि उनले चिकित्सा सहायता लिनु पऱ्यो। यसको फाइदा उठाउँदै फेंगले दोस्रो गेमसहित म्याच जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement