प्यालेस्टिनको समर्थनमा गरिएको प्रदर्शनमा सहभागी भारतीय छात्रा रन्जनीले अमेरिका छाडिन्

IMG-20250315-WA0101

नयाँ दिल्ली: अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अध्ययनरत भारतीय छात्रा रन्जनी श्रीनिवासनले अमेरिका छाडेकी छिन्। 
विश्वविद्यालयको एक क्याम्पसमा प्यालेस्टिनको समर्थनमा गतवर्ष आयोजित प्रदर्शनमा सहभागी भएकी उनले अमेरिका छाडेकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार विश्वविद्यालयले उक्त प्रदर्शनमा सहभागी विद्यार्थीलाई कारबाही गर्न थालेपछि श्रीनिवासनले अमेरिका छाडेकी हुन्।
हालै ट्रम्प प्रशासनले उक्त विश्वविद्यालयलाई दिँदै आएको ४० करोड डलर सहायता रोकेको छ। विश्वविद्यालयले यहुदी भावनाविरुद्ध लड्न असफल भएको भन्दै सहायता रोकेको हो।
यसका साथै विश्वविद्यायले कैयौं विद्यार्थीलाई निलम्बन गरेको छ भने केहीलाई निकालिदिएको छ।
कोलम्बिया विश्वविद्यालयको क्याम्पसका कार्यकर्ता महमूद खलीललाई पक्राउ गरेपछि विश्वविद्यालयले अन्य विद्यार्थीहरुमाथि पनि कारबाही सुरु गरेको हो।
खलीललाई हाल संघीय आप्रवासन प्राधिकरणको हिरासतमा लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement