नयाँ दिल्ली: दिल्ली क्यापिटल्सले इण्डियन प्रीमियर लीग (आईपीएल)-को २०२५ सीजन अघि स्टार अलराउण्डर तथा पुरुष टीमबाट सबैभन्दा लामो समयसम्म खेल्ने खेलाड़ी अक्षर पटेललाई कप्तान नियुक्त गऱ्यो। ३१ वर्षीय अक्षर २०१९-मा दिल्ली क्यापिटल्समा सामेल भएका थिए। त्यसपछि उनले लगातार ६ सीजन टीमको निम्ति उत्कृष्ट प्रदर्शन गरेर आफ्नो छाप छोड़ेका छन्। उनले दिल्ली क्यापिटल्स-को निम्ति ८२ वटा म्याच खेलेर ७.०९-को प्रभावशाली इकोनमीले ९७६ रन बनाउनको साथै ६२ विकेट लिएका छन्। म्याचमा असाधारण प्रदर्शन गर्नको साथै यस अलराउण्डरले दिल्ली क्यापिटल्स र भारतीय राष्ट्रिय टीमका प्रशंसकहरूसँग पनि खास तालमेल विकसित गरेका छन्। दिल्ली क्यापिटल्सका चेयरम्यान किरण कुमार ग्रान्धीले टीमका नयाँ कप्तानको रूपमा अक्षरलाई स्वागत जनाउँदै भने, हामी अक्षर पटेललाई दिल्ली क्यापिटल्सका नयाँ कप्तान नियुक्त गरेर खुशी छौं। उनी २०१९-देखि हाम्रो परिवारका अभिन्न हिस्सा हुन् अनि यी मूल्यहरूलाई अप्नाउँछन् जसमाथि यो टीम बनिएको छ। यस निर्णयले एकजना नेताको रूपमा उनको स्वाभाविक प्रगतिलाई दर्शाउँछ। दुई सीजनसम्म टीमको उपकप्तान रहनदेखि लिएर अहिले कप्तानी सम्हाल्नसम्म, उनले सदा हाम्रो निम्ति जिम्मेवारी लिएका छन्। उनलाई हाम्रो कोचिंग स्टाफ र अनुभवी नेतृत्व समूहको पूरा समर्थन प्राप्त छ। हामी उनलाई नयाँ भूमिकाको निम्ति शुभकामना दिन्छौं। यस भूमिकामा पनि उनले उत्कृष्ट प्रदर्शन गर्ने हामीलाई विश्वास छ।
यसरी अक्षर पटेलले भने, दिल्ली क्यापिटल्सको कप्तानी गर्नु मेरो निम्ति ठूलो सम्मानको कुरा हो। ममाथि देखाएको भरोसाको निम्ति आफ्ना मालिकहरू र सहयोगी स्टाफहरू प्रति म आभारी छु। दिल्ली क्यापिटल्समा आफ्नो कार्यकालको अवधि म एकजना क्रिकेटर र मानिसको रूपमा विकसित भएको छु अनि म यस टीमलाई नेतृत्व गर्न तयार र आश्वस्त अनुभव गरिरहेको छु। उल्लेखनीय छ, अक्षरले आईपीएलमा जम्मा १५० वटा म्याच खेलेर १६५४ रन बनाउनको साथै १२३ विकेट लिएका छन्। यसमा २०१६-मा पञ्जाब फ्रेञ्चाइजीको निम्ति ५ बलमा ४ विकेट लिने यादगार ह्याट्रिक पनि सामेल छ। उनले टीममा सपोर्ट स्टाफहरूसँग मिलेर काम गर्नेछन्, जसमा क्रिकेट निदेशक वेणुगोपाल राव, मेण्टर केविन पीटरसन, मुख्य प्रशिक्षक हेमंग बदानी, सहायक प्रशिक्षक म्याथ्यू पट र बलिंग प्रशिक्षक मुनाफ पटेल साममेल छन्। दिल्ली क्यापिटल्सको आईपीएल २०२५-मा पहिलो म्याच लखनऊ सुपर जाइण्ट्सविरुद्ध २४ मार्चमा रहेको छ।