खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसको अवसरमा खरसाङमा तीन दिनव्यापी स्थापना दिवस कार्यक्रम सम्पन्न भईरहेको छ। यसै क्रममा दोस्रो दिन खरसाङ महकुमा अस्पताल र टिभी सेनिटोरियममा उपचाराधीन अवस्थामा रहेका बिमारीहरूलाई हर्लिक्स र खानाहरू वितरण गरिएको छ। हर्लिक्स र खानाहरू वितरण कार्यमा नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा अनु प्रधान र खरसाङका नारी शक्तिको प्रतिनिधिहरू उपस्थित रहेका थिए। नारी शक्तिको प्रतिनिधिहरूले खरसाङ अस्पताल र टिभी सेनिटोरियमको विभिन्न वार्डहरूमा उपचाराधीन अवस्थामा रहेका बिमारीहरूलाई हर्लिक्स र खानाहरू वितरण गरेका छन्।

यस विषयमा नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसको अवसरमा खरसाङ महकुमा अस्पतालमा हर्लिक्स र खानाहरू वितरण गरेको बताएकी छन्। उनले हर्लिक्स वितरण गर्नु ठूलो कुरा होइन तर पार्टीको स्थापना दिवस र पार्टी अध्यक्ष अनित थापाको निर्देशन अनुसार अनि उनको भिजनलाई लिएर यसरी वितरण गरिएको जानकारी गराइन्।









