१७ पर्वतीय डिभिजनको होली मिलन समारोहमा सैनिकहरूसँगमाननीय गभर्नरले मनाए होली

IMG-20250314-WA0384

गान्ताेक: सिक्किमका माननीय राज्यपाल ओमप्रकाश माथुरले आज १७ आर्टिलरी ब्रिगेडको होली मिलन समारोहमा भाग लिए र भारतीय सेनाका जवानहरूसँग होली मनाए। सो अवसरमा जनरल अफिसर कमाण्डिङ मेजर जनरल एम. एस राठौर पनि उपस्थित थिए।
जाज ब्यान्ड र नृत्य प्रस्तुत गरी रंगीन कार्यक्रमहरूको साथ समारोह सुरु भयो। गभर्नर महोदयले सैनिकहरूसँग होली रंगाएर यो पर्वको आनन्द उठाए र उनीहरूलाई शुभकामना दिए।
समारोहको अन्त्यमा राज्यपालले सैनिकहरूलाई होलीको शुभकामना र उज्ज्वल भविष्यको कामना गरे। उनीहरूले सैनिकहरूको मनोबल बढाए र उनीहरूलाई आफ्नो कर्तव्यमा थप समर्पित हुन प्रेरित गरे।
सम्बोधनमा राज्यपालले भने, ‘होली पर्वले एकता, प्रेम र भ्रातृत्वको सन्देश दिन्छ। भारतीय सेनाका जवानहरू हाम्रो देशको सुरक्षाका लागि प्रतिबद्ध छन् र हामी उनीहरूमा गर्व गर्छौं। तपाईं सानो परिवार छोडेर ठूलो परिवारको रक्षा गर्न समर्पित हुनुहुन्छ। तपाईहरु संग मनाइएको होली मेरो लागि अविस्मरणीय छ। “

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement