खरसाङ: खरसाङ कलेज र मालदा कलेजले शैक्षिक सहकार्य र विचार आदान प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। दुवै संस्थाको अर्थशास्त्र विभागको पहलमा भएको यो सम्झौता खरसाङ कलेजको प्राचार्यको कार्यालयमा औपचारिक रूपमा सम्पन्न भएको हो। प्राचार्य डा समीर बल र आईक्यूएसी संयोजक डा योगेश खातीले हस्ताक्षर कार्यक्रमको साक्षी बसेका थिए। खरसाङ कलेजको अर्थशास्त्र विभागको प्रतिनिधित्व डा सृजना राई र डा दावा शेर्पाले गरेका थिए भने मालदा कलेजको प्रतिनिधि मण्डलमा प्राध्यापक देवाशीष चक्रवर्ती र प्राध्यापक निमेश दिलायी थिए।
यो एमओयूले सहयोगात्मक शैक्षिक पहल र ज्ञान आदान प्रदानमार्फत दुवै कलेजलाई आपसी लाभ पुर्याउने अपेक्षा गरिएको छ।