युनियनले १९ मार्चसम्म गेट मिटिङ नगर्ने निर्णय
खरसाङ: खरसाङको लङभ्यू चियाबारीको “चाटर अफ् डिमान्ड” त्रिपक्षीय बैठकमा
हिल प्लान्टेसन इम्प्लोइज युनियन लङभ्यू युनिटले गत १४ फरवरी २०२५ को दिन १८ बुँदे वार्षिक माग सूची प्रबन्धक एपी सिंहलाई बुझाएको थियो। प्रबन्धक सिंहले बैठक राख्ने आश्वासन दिए तापनि हालसम्म बैठकको पहल गरेको छैन।
यसैबीच प्रबन्धक पक्षले चियापत्ती टिप्ने निर्णय लिएपछि श्रमिकहरू गेट मिटिङमा उत्रेका थिए। तर २ फरवरीको दिन ‘नो वर्क नो पे’ को नोटिस जारी गरेर प्रबन्धकले बगान अचल राखेको थियो। यी जम्मै विषयहरू लिएर युनियनले ११ मार्चको दिन खरसाङ एएलसी कार्यालयमा इन्ड्रस्ट्रियल डिस्प्युट एक्ट १९४७ को आधारमा लङभ्यू सम्बन्धि डिस्प्यूट जमा गरेको थियो।

१३ मार्चको दिन एएलसी कार्यालयबाट उक्त विषयबारे आगामी १९ मार्च २०२५ को दिन त्रिपक्षीय वार्ता राखिएको पत्र प्राप्त भएको छ। सम्बन्धित निकायको यस पहलको सम्मान गर्दै युनियनले १९ मार्चसम्म गेट मिटिङ नगर्ने निर्णय लिएको छ।
युनियनकी सचिव विन्ध्या थापाले भनिन्: “पत्ति टिप्ने नटिप्ने छलफल १९ मार्चको मिटिङमा हुनेछ। हामी त अन्य काम गर्न राजी छौँ।”