खरसाङ: तृणमूल कंग्रेसको श्रमिक संगठन चियाबारी श्रमिक युनियनको केन्द्रीय सचिव सन्तोष मोक्तानको अगुवाईमा तृणमूल कांग्रेसले सरकारबाट दिने राशन वितरणमा सठीक राशन वितरण हुनुपर्छ भनी मांग गरेका छन्। आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर तृणमूल कंग्रेसको चियाबारी श्रमिक संगठनको केन्द्रीय सचिव सन्तोष मोक्तानले सरकारी राशन सठीक स्केलमा वितरण हुनुपर्छ भनी मांग गरेका छन्। पत्रकार सम्मेलनमा सन्तोष मोक्तान साथै राकेस बम्जन र साजन तामाङ पनि उपस्थित रहेका थिए। तीनैजनाले पत्रकार सम्मेलनमार्फत् सरकारबाट आएको राशन वितरणमा कुनै धाँधली हुनु हुँदैन र चामल ७ किलो गरेर अनि आँटा ३ किलो गरेर वितरण गरिनु पर्ने मांग गरेका छन्। यस प्रसंगमा सन्तोष मोक्तानले हामीले गरिरहेको कार्यलाई धेरैले सराहना गरिरहेको र धेरै क्षेत्रबाट राम्रो रेस्पोन्स आईरहेको र यसको साथै कुनै दोकानतिर ७ किलो नदिएर केवव ६ किलो मात्रै दिन्दै गरेको जानकारी जनताले गराईरहेको बताएका छन्। त्यसैले तृणमूल कांग्रेसले खरसाङ क्षेत्रको राशन दोकानतिर निरीक्षण गर्ने साथै खाद्य विभागका अधिकारीहरूले निरीक्षण गरिदिने वचन दिएको बताएका छन्। मोक्तानले अहिले बन्द रहेको बन्सल कम्पनी अधीनस्थ १० वटा चियाबारीहरूमा पनि पुगेर राशन वितरण विषयमा निरीक्षण गर्ने कारण यतिबेला चियाबारी बन्द भएको कारणले श्रमिकहरूलाई कठिनाई भईरहेको छ र यस्तो स्थितिमा राशन वितरण सठीक रुपमा हुनुपर्छ भनी मांग गरेका छन्। सन्तोष मोक्तानले हामीले राशन जस्तो गम्भीर विषयमा पहल गर्दा राम्रो रेस्पोन्स आएको र धेरैले फोन गरेर आफ्नो क्षेत्रको विवरण दिन्दै ७ किलोको स्थानमा केवल ६ किलो मात्रै दिईरहेको जानकारी आईरहेको बताए। उनले यस्तो भिन्नता किन हुन्छ भनी प्रश्न गर्दै हामी अब राशनको विषय लिएर जहाँसम्म पुग्न परे पनि जाने तर सरकारले दिएको राशन सठीक रूपमा दिएको हुनुपर्छ भनी बताएका छन्। मोक्तानले हामीले खाद्य विभाग खरसाङको अधिकारीहरूलाई भेटेर धेरै जानकारी संकलन गरेको बताउँदै अब हामी चुप लागेर नबस्ने बरु पुलिस प्रशासन, बीडीओ, महकुमा शासकलाई ज्ञापन दिएपछि नियम अनुसार शान्तिपूर्वक जाँच पड़ताल गर्ने बताएका छन्। सन्तोष मोक्तानले अघि भने, हामी राशन दोकानतिर निरीक्षण गर्न पनि जाने अनि खाद्य विभागका अधिकारीहरूलाई राशन दोकानतिर निरीक्षण गरिदिने निवेदन गरेका छौं।











