खरसाङमा होली पर्व हर्षोल्लासका साथमा धुमधामले पालन

IMG-20250314-WA0364

खरसाङ: खरसाङ पर्व खरसाङ क्षेत्रमा हर्षोल्लासका साथमा पालन गरिएको छ। प्रत्येक वर्ष खरसाङमा‌ सबै समुदायद्वारा होली पर्व धुमधामका साथमा पालन गर्ने गरिन्छ। यसपाली पनि होला पर्व खरसाङमा उत्साहजनक रुपमा पालन गरिएको छ। यस अवसरमा खरसाङमा होलिका दहन गरिएको छ। होलीका दहन खरसाङको हाट बजार क्षेत्रमा गरिएको थियो। यो बिहीबार नै आयोजना गरिएको थियो। होलीका दहनले नराम्रोमाथि राम्रोको जीतको प्रतिकको पनि पालन गरिन्छ। यसको साथै आज शुक्रबार मट्का फोड्ने दृश्यहरु पनि देखिएको छ।‌ यसपाली मट्का फोड्ने कार्य खरसाङको मोटर स्ट्याण्ड र वर्द्धमान रोडमा‌ गरिएको छ। होलीको अवसरमा खरसाङ बजारमा रैलीको पनि आयोजना गरिएको छ। होली पर्व विशेष गरेर नराम्रोलाई राम्रोको‌ जीतको रुपमा पनि पालन गरिन्छ। रंगको उत्सव होलीको अवसरमा खरसाङमा मानिसहरुले एका अर्कालाई विभिन्न रंगहरु दलेर साथै रंग मिसाएको पानीले दलेर खुशी मनाउँदै होली पर्व पालन गरिएको छ। होली पर्व नराम्रोमाथि राम्रोको जीतको प्रतिकको पनि पालन गरिन्छ अनि एका अर्काको जीवनमा विभिन्न रंगहरु जस्तै सुख शान्ति र समृद्धिको कामना पनि गरिन्छ। खरसाङमा पालन गरिएको होली पर्व विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्थानीय वरिष्ठ नागरिक राजेन्द्र प्रसादले २०-२५ वर्ष अघि खरसाङ क्षेत्रमा होली पर्व एकदमै धुमधामले पालन गर्ने गरिन्थ्यो जुन होली उत्तर बंगालमै प्रसिद्ध थियो भनी बताएका छन्।

उनले खरसाङमा प्रत्येक वर्ष होली पर्व धुमधामका साथमा पालन गर्ने गरेको र यसपाली पनि हर्षोल्लासका साथमा पालन गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement