तीनजना मादक पदार्थ तस्करी पुलिसको पन्जामा

सिलगढी: तीन जना मादक पदार्थ तस्करी लाई एसओजी ले आज पक्राउ गरेको छ। यसरी पक्रा पर्नेहरूमा मास्टर माइन्ड एमडी जब्बार, सोनु साह र साहिल खान रहेका छन्। प्राप्त जानकारी अनुसार एसओजीले आज गोप्य सूचनाको आधारमा मेडिकल मोड़ संलग्न पोड़ाभार इलाकामा अभियान चलाएर एमडी जब्बार सहित तिनको २ जना साथीलाई पनि पक्राउ गरेको बताइएको छ। यसको साथै एसओजीले तिनीहरूबाट लगभग ४०० ग्राम ब्राउन सुगर पनि उद्धार गरेको छ, जसको अनुमानित मूल्य लाखौँ रुपियाँ रहेको छ। पक्रा परेका ३ जना आरोपीलाई एसओजीले एनजेपी थानालाई सुम्पिदिएको छ भने भोलि शुक्रबार तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गरिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement